कोइराला-मोदी भेटवार्ता
Admin / 2014-05-27 04:47:35
नेपाल ब्युरो- जेठ १३ ,काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले सरकारको पहिलो प्राथमिकता संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्ने रहेको बताउनुभएको छ ।
आज भारतको नयाँ दिल्लीमा नवनियूक्त प्रधानमन्त्री नरेन्द्र मोदीसंगको भेटवार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्ने र त्यसपछि आर्थिक स्थायीत्व मार्फत विकासको बाटो खोल्ने रहेको बताउनुभएको हो ।
भेटमा मोदिले मोदीले नेपालमा तोकिएकै समयमा लोकतान्त्रिक संविधान आओस भन्ने भारत सरकारको चाहना ब्यक्त गर्दै लोकतान्त्रिक संविधान, स्थायीत्व र विकासको लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेको भेटमा सहभागि भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधीले जानकारी दिनुभयो ।
मोदीले नेपाल र भारतवीचको परम्परागत सम्बन्धलाई अझै सुदृढ सम्बन्ध बनाउन नयाँ गति दिनु पर्नेमा जोड दिदै अब नेपाल विकसित र सम्पन्न हुनु पर्ने बताए । भेटमा निधीका अतिरिक्त, काग्रेस विदेश विभाग प्रमुख सुजाता कोइराला, शंसाक कोइराला र भारतीय राजदुत रञ्जित रे लगायतकाको उपस्थिति रहेको थियो । भेटमा कोईरालाले मोदिलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको थियो ।
नेपाल भ्रमणको निम्तो स्विकार गर्दै मोदिले आफू पनि नेपाल आउन ईच्छुक भएको र छिट्टै समय मिलाएर नेपाल आउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रकाशित मिति: 2014-05-27 04:47:35
प्रतिक्रिया: