नेपाल समाचार

संबिधान बनाउन सबै जुटनुस-राष्ट्रपति


Admin / 2014-05-28 23:15:54


काठमाडौं-राष्ट्रपति रामवरण यादवले पूर्व प्रतिबद्धताअनुसार संविधानसभाबाट संविधान निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।सातौं गणतन्त्र दिवसका अवसरमा बुधबार राति शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति यादवले मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमार्फत जनताले संविधानसभाबाट संविधान निर्माण गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै जनता नयाँ संविधानको प्रतीक्षामा रहेको उल्लेख गरेका छन्। 
‘दलहरुले कबुल गरेको समयावधिभित्रै नयाँ संविधान निर्माण गर्नुको विकल्प बाँकी छैन,' राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘किनभने छ–सात वर्षदेखि बाटो हेरिरहेका जनता अब बाचा र आश्वासन होइन, नयाँ संविधानकै प्रतीक्षामा छन्।'
अघिल्लो संविधानसभाबाट नयाँ संविधान निर्माण हुन नसकेको तर्फ दलहरुको ध्यान केन्द्रित गर्दै राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘संविधानसभाबाट अपेक्षित अवधिमा संविधान बन्न नसक्दा राष्ट्रको मनोबलमा प्रतिकूल असर पर्न गएको तथ्यप्रति यहाँको ध्यान जानु उचित हुन्छ।'
संविधान निर्माणले नै मुलुकको भविष्य निर्माणको जग अढिएको स्मरण गराउँदै राष्ट्रपति यादवले नयाँ संविधान लोकतान्त्रिक, समावेशी र सन्तुलित हुनुपर्नेमा जोड दिएका छन्। ‘राष्ट्रिय एकता र अखण्डता तथा सामाजिक सद्भाव र सामञ्जस्यको सुदृढीकरण हुनुपर्ने कुरामा अवश्य पनि विमति हुनेछैन,' सन्देशमा छ, ‘राज्यको पुनः संरचना, सरकारको स्वरुप वा प्रणाली, निर्वाचन पद्धति, समावेशिताजस्ता विषयमा हामीले सर्वप्रथम आफ्नै देशको इतिहास र अनुभवका आधारमा टुंगोमा पुग्ने प्रयत्न गर्नुपर्छ।'
राष्ट्रपतिले संविधान निर्माणका विषयमा मित्रराष्ट्र तथा विश्व समुदायको अनुभव र अभ्यासलाई आफ्नो अनुकूल उपयोग गर्नुपर्नेतर्फ दलहरुको ध्यान खिच्दै भनेका छन्, ‘नयाँ संविधान निर्माण हाम्रा लागि, हामीले नै गर्ने हो,' भन्नेमा कुनै पनि नेपालीलाई द्विविधा हुनुहुँदैन।'
सार्वभौम अधिकार प्राप्त गरी आफ्नो भाग्य आफैं निर्माण गर्ने नेपाली जनताको छ दशकसम्मको संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न दलहरु चुक्दै आएको स्मरण गर्दै राष्ट्रपतिले संविधान निर्माणपछि मात्र सबै उपलब्धिहरु संस्थागत हुने जनाएका छन्। ‘पछिल्लो निर्णायक जनआन्दोलन, ०६२/६३ का प्रमुख उपलब्धि– लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता आदिलाई सात वर्ष बित्दासम्म पनि जनअनुमोदित संविधानको अंग बनाउन सकिएको छैन,' सन्देशमा भनिएको छ, ‘एकपछि अर्को ठूलो जनआन्दोलन तथा स्वतन्त्र आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सक्षम हामी नेपाली त्यस्ता आन्दोलन र निर्वाचनबाट प्राप्त परिणामलाई चुस्त रुपमा संस्थागत गर्नचाहिँ किन पछि पर्छौं?,' यस विषयमा यही प्रश्नमार्फत हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी भएको छ।'
त्यस्तै, प्रधानमन्त्री सुशील कोइरालाले दलीय सहमतिका आधारमा लोकतान्त्रिक संविधान निर्माणमा जुट्न सबै राजनीतिक दललाई आग्रह गरेका छन्। गणतन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभामार्फत समयमा नै लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्ने पनि जनाएका छन्। 
‘सबै नेपालीमा सहमति, सहकार्य, एकता र मेलमिलापको वातावरण सिर्जना गर्दै इमानदार प्रयत्नसाथ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउने र देशमा शान्ति र राजनीतिक स्थायित्व कायम गर्दै विकासलाई गति दिन समर्पित हुनका लागि प्रेरणा दिन सकोस्,' प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ। 
पूर्व प्रतिबद्धताअनुसार एक वर्षभित्र संविधान निर्माणका लागि सबैको प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाको सन्देशमा छ, ‘संविधान सभाले एक वर्षभित्र संविधान जारी गर्ने जुन संकल्प छ, त्यसलाई सघाउन सरकारले सतत प्रयत्न गरिरहेको छ।' अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गर्नेसहितका काम संविधानसभा र व्यवस्थापिका संसदले गरिरहेको प्रधानमन्त्री कोइरालाले स्मरण गरेका छन्।
उनले नागरिकलाई सहज र सरल रुपमा बिना झन्झट छिटोछरितो सेवा र सुविधा प्रवाह गर्न सरकार आतुर रहेको पनि दाबी गरेका छन्। 
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पनि सातौँ गणतन्त्र दिवसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना पूरा हुने विश्वास व्यक्त गरेका छन्। राजनीतिक दलहरुको पूर्व प्रतिबद्धताअनुसार एक वर्षभित्र संविधान निर्माणमा लाग्न आग्रह गर्दै रेग्मीको सन्देशमा भनिएको छ, ‘संविधान निर्माणलाई देशको एकमात्र प्रमुख उद्देश्य बनाई संविधानसभा गठन भएको एक वर्षभित्र संविधान जारी गर्ने लक्ष्यका साथ क्रियाशील हुन समस्त राजनीतिक दल, नेतागण तथा संविधानसभाका सदस्यहरुलाई आग्रह गर्दछु।' 
जारी राजनीतिक संक्रमणकालको अन्त्यले मात्र गणतन्त्रको संस्थागत विकास गर्न सकिने रेग्मीले स्मरण गराएका छन्। 
त्यस्तै, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष सूर्यबहादुर थापाले पनि छुट्टाछुट्टै सन्देश जारी गर्दै गणतन्त्र दिवसको शुभकामना दिएका छन्। 
यसैबीच चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङले सातौं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति यादवलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन्। चिनियाँ राष्ट्रपतिले हिमाल र नदीले जोडिएका चीन र नेपाल आत्मीय छिमेकीका रुपमा प्राचीनकालदेखि रहेको स्मरण गर्दै दुवै देशका जनताबीचको मैत्री अत्यन्त पुरानो रहेको उल्लेख छ। नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता रक्षाको प्रयासमा चीनको दह्रो समर्थन रहेको उल्लेख गर्दै दिगो स्थायित्व र विकास हासिल गर्न शीघ्र संविधान निर्माणको प्रक्रिया पूरा हुने आशा व्यक्त गरिएको छ। 
त्यसैगरी, प्रधानमन्त्री लीले प्रधानमन्त्री सुशील कोइरालालाई सन्देश पठाउँदै नेपाल चीनको असल छिमेकी, असल साझेदार भएको उल्लेख छ। ‘नेपालले अख्तियार गरेको ‘एक चीन' नीतिप्रति कृतज्ञता ज्ञापन गर्दै राष्ट्रिय परिस्थितिअनुसार नेपाली जनताले रोजेको सामाजिक पद्धति एवं विकासको मार्गको चीन समर्थन र सम्मान गर्छ,' सन्देशमा भनिएको छ।
यसैबीच, राष्ट्रपति रामवरण यादवले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा जलपान समारोहको आयोजना गरेका छन्। राष्ट्रपति यादवले विगत वर्षमा जस्तै बिहीबार अह्नवान ४ बजे गणतन्त्र दिवसको अवसरमा जलपान आयोजना गरेका हुन्। राष्ट्रपति यादवले गणतन्त्र स्थापना भएको जेठ १५ का दिन हरेक वर्ष शीतल निवासमा जलपान समारोह आयोजना गर्दै आएका छन्।

प्रकाशित मिति: 2014-05-28 23:15:54
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing