बिर गणेशमान सिंह गोल्डकप आर्मीलाई
Admin / 2014-06-07 09:58:09
४ जेठ, काठमाडौं । नेपाल आर्मी क्लबले वीर गणेशमान सिंह गोल्डकप फुटबलको उपाधि जितेको छ । बिराटनगरस्थित शनिबार भएको फाइनल भिडन्तमा अर्को विभागीय टोली पुलिसलाई ३-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपधि जितेको हो । बिजेता आर्मीले ५ लाख हात पारेको छ । उपविजेता पुलिसले भने २ लाख ५० हजारमा चित्ता बुझाएको छ ।
स्थानीय सहिद रंगशालामा खेलमा आर्मीले राम्रो सुरुवात गरेपनि अग्रता भने पुलिसले लिएको थियो । १८ औं मिनेटमा भरत खवासको क्रसमा टेकबहादुर बोढाथोकीले हेड गरेको थिए । तर, बल बारमाथिबाट बाहिरियो । २० औं मिनेटमा रविन श्रेष्ठलाई डिबक्स एरियामा लडाएपछि पुलिसले पेनाल्टी पायो । पुलिसका जुमानु राईले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
तर, ३४ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले बराबरी गोल फर्काए । ७८ औं मिनेटमा आर्मीका दिपक गुरुङको प्रहार पुलिसका गोलरक्षक रितेश थापाले मुस्किलले बचाए । खेलको ९० औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै टोलीलाई जिततर्फ उत्मुख गराए । खेलको अन्तिममा टंक बस्नेतले गोल गरेपछि आर्मी ३-१ को जितसँगै च्याम्पियन बन्यो ।
प्रकाशित मिति: 2014-06-07 09:58:09
प्रतिक्रिया: