८ जुन,टोकियो,जापान।
एनआरएन
आइसीसीले अन्तर्गत सञ्चार तथा प्रकाशन अन्तर्राष्ट्रिय समिति (मिडिया टास्क फोर्स)
गठन गरेको छ ।एनआरएन एआइसीसी प्रवक्ता मन केसीको संयोजकत्वमा गठित समितिमा बिभिन्न
महादेशबाट १६ जना सदस्य चयन गरिएको छ । जसअनुसार मध्यपूर्वबाट ३ जना, ओसनिया क्षेत्रबाट
३ जना, अफ़्रिका तथा उत्तर अमेरिकाबाट ३ जना, युरोपबाट ६ जना,
एशिया
प्यासिफिक क्षेत्रबाट १ जनाको प्रतिनिधित्व रहेको छ
एसिया
प्यासिफिक क्षेत्रबाट १ जना मात्र मनोनित
सदस्यमा जापानबाट लामो समयदेखि संचालन हुंदै आएको समुद्रपारि डट कमका प्रधानसम्पादक
तिलक मल्ल चयन हुनुभएको छ ।समितिमा मनोनित हुने अन्य सदस्यहरुमा मध्यपूर्वबाट संयन्त्र
डट कमका सम्पादक अम्बिका भण्डारी, रबि रोशी (कतार) र उत्तम अधिकारी,
ओसनियाबाट
डिल्ली दाहाल, ऋषि आचार्य र महेन्द्रकुमार लम्साल, अफ़्रिकाबाट
हिक्मत थापा र सुनिल कार्की, उत्तर अमेरिका क्षेत्रबाट गोपीकृष्ण काफ़्ले,
युरोप
क्षेत्रबाट गुणराज शर्मा, नवराज पोखरेल, ओमप्रसाद शर्मा,
राजेन्द्र
भट्ट, रुपेश सिलवाल र सुबर्ण हमाल रहनुभएको छ।
यसैगरी
एनआरएन आइसीसीका पूर्व प्रवक्ताहरु डा. जुगल भुर्तेल, डा. कुमार बस्नेत
र डा. हेमराज शर्मा सल्लाहकारहरुमा चयन हुनु भएको छ