राप्रपाको अध्यक्षमा पशुपतिशमशेर राणा
Admin / 2014-06-08 07:51:48
नेपाल ब्युरो–जेठ २५,काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पशुपतिशमशेर राणा चयन हुनुभएको छ ।
केहिदिन अघिमात्र आफु पार्टीको अध्यक्ष भएको स्वघोषणा गर्नुभएका नेता लोकेन्द्र बहादुर चन्दलाइ वाइपास गर्दै सुर्यवहादुर थापा र पशुपतिशमशेर राणा पक्षको निर्णयबाट राणा अध्यक्षमा चयन हुनुभएको हो ।
एकता अधिवेशनको सहमतिविपरित चन्दलाई नेतृत्व नदिने थापा र राणाबीच भएको गठबन्धनले यस्तो निर्णय गरेको हो ।
यसअघि आज नै सुर्यबहादुर थापाले पार्टी अध्यक्षबाट राजिनामा दिनुभएको थियो ।
पार्टी अध्यक्षमा चयन भएपछि राणाले पार्टी फुटाउने कुनै मनसाय नभएको र पार्टी विधानअनुसारै आफू अध्यक्ष बनेको बताउनुभयो ।
चन्द र नेता प्रकाशचन्द्र लोहनी पक्षले भने यो बैठकलाई नै अवैधानिक भनेको छ ।
संसद, संविधानसभा र पार्टीको जिम्मेवारी निर्वाह गर्न अफ्ठ्यारो र समयअभाव भएकोले आफूले राजीनामा दिएको थापाले बताउनुभयो ।
स्रोतका अनुसार चन्दलाई पूर्वसहमतिअनुसार नेतृत्व सुम्पनुपर्ने भएपछि थापाले राणासँग साठगाठ गरेर यो तेस्रो विकल्प रोज्नुभएको हो ।
एक वर्षअघि राप्रपा र जनशक्ति पार्टी एकताको महाधिवेशनको म्यान्डेट अनुसार जेठदेखि नेतृत्व लिने पालो चन्दको थियो । यद्यपी थापा र राणा पक्षले त्यस्तो कुनै सहमती नभएको जिकिर पछिल्ला केही दिनदेखि गर्दै आएका छन् ।
प्रकाशित मिति: 2014-06-08 07:51:48
प्रतिक्रिया: