संविधानसभाको बैठकमा आज पनि मौलिक अधिकारको बारेमा छलफल
Admin / 2014-06-12 03:10:27
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ ।
तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनको बारेको छलफल आज पनि जारी रहेको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा यसअघि नै पेस गरिएको मौलिक अधिकार तथा निर्देशक समितिको सहमतिका विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदन २०७१ र असहमतिको विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदन २०७१ मा छलफल जारी रहेको संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
मौलिक अधिकार तथा निर्देशक सिद्धान्तको बारेमा बोल्न बाँकी रहेका सभासद्ले आज आ आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । संविधानसभाको बैठकले यसअघि राज्यपुनर्संरचना बारेको छलफल टुङग्याईसकेको छ ।
यसैवीच, मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डा लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-06-12 03:10:27
प्रतिक्रिया: