मौलिक अधिकारका विषयमा संविधानसभाको बैठकमा आजपनि छलफल
Admin / 2014-06-15 03:24:47
नेपाल ब्युरो–असार १,काठमाडौ ।
तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनको बारेमा छलफल गर्न संविधानसभाको बैठकमा आज पनि छलफल हुँदै छ ।
बैठकमा तत्कालिन मौलिक अधिकार तथा निर्देशक समितिको सहमतिका विषयहरुको निक्रयोल सम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिको विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ को बारेमा सभासदहरुले आ–आफ्नो धारणा राख्नेछन् ।
राज्यपुनर्संरचना बारेको छलफल सकिएपछि मौलिक हकको बारेमा छलफल सुरु भएको हो । सभासद्हरुले मौलिक हकमा शिक्षा र स्वास्थ्यको हकलाई समावेश गर्न, आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्न, प्रजनन् अधिकार दिन, ज्येष्ठ नागरिकलाई सुरक्षा दिनुपर्नेमा जोड दिइरहेका छन् ।
प्रकाशित मिति: 2014-06-15 03:24:47
प्रतिक्रिया: