नेपाल समाचार

महिलालाई पनि शान्तिशेनामा पठाउन वान कि मुनको अाग्रह


Admin / 2014-06-21 03:39:31


संयुक्त राष्ट्र संघका महामसचिव वान कि मुनले विश्वका विभिन्न देशको शान्ति मिसनमा खटिँदै आएका नेपाली सैनिकहरुको टोलीलाई लैंगिक हिसाबले सन्तुलित बनाउन प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री कोइरालासँग भएको भेटमा महासचिव मुनले शान्तिस्थापनार्थ खटिने सेनामा महिलाको सहभागिता बढाउन जोड दिएका हुन् । कोइराला र मुनको भेटपछि न्युयोर्कस्थित नेपाली स्थायी मिसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ- उनले -(मुनले) भने कि संयुक्त राष्ट्र संघ शान्ति सेनामा लैंगिक समानताका लागि प्रयास गरिरहेको छ र नेपालबाट अधिक महिला शान्ति सैनिकलाई प्रोत्साहित गरेका छन् ।

नेपालबाट विश्वका विभिन्न देशमा खटिने शान्ति सैनिकमा महिला सैनिकले प्राथमिकता पाउने गरेका छैनन् ।

मुनले यसबारे कोइरालाको ध्यानाकर्षण गराएपछि अब यो विषय कार्यान्वयन हुने अवस्था आएमा नेपाली सेनामा कार्यरत नेपाली चेलीहरुले शान्ति मिसनमा सेवा गर्ने र राम्रो अर्थोपार्जन गर्ने अवसरको ढोका खुल्ने देखिएको छ ।

नेपालको राजनीतिक अवस्थाबारे छलफल

कोइराला र मुनवीचको भेटमा नेपालको राजनीतिक अवस्था र संविधान निर्माण प्रक्रियाका विषयमा समेत छलफल भएको न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ ।

नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने चासो मुनले प्रधानमन्त्री कोइरालासँग राखेका थिए । कोइरालाले एकवर्षभित्र तोकिएको समयमै संविधान बन्ने महासचिव मुनलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री कोइरालाले नेपालको संक्रमणकालीन न्याय एवं सत्य निरुपण तथा मेलमिलाप आगोग गठनबारे भइरहेको प्रगतिका विाष्यमा पनि मुनलाई जानकारी गराएका छन् । दोषीलाई आम माफी दिने गरी ऐन नबनाइएको कोइरालाले मुनलाई स्पष्ट पारेका थिए ।

भेटमा महासचिव मुनले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नेपालमा भइरहेको संविधान निर्माण एवं शान्ति प्रक्रियाका कामहरुको प्रशंशा गरेका थिए । मुनले कोइलालाको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए । प्रधानमन्त्री कोइरालाले नेपालको पर्यटन संस्कृति लगायतका विकासको सम्भावनाबारे मुनलाई बताउँदै नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

क्यान्सरको उपचारका लागि अमेरिका पुगेका बेला प्रधानमन्त्री कोइरालाले महासचिव मुनसँग भेटवार्ता गरेका हुन् । नेपाली समय अनुसार शनिबार बिहानको राति अर्थात् अमेरिकी समयअनुसार शुक्रबार अपरान्ह भएको भेटमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दूर्गाप्रसाद भट्टराईउपमहासचिव ज्ञानचन्द्र आचार्य, नियोगकी उपप्रमुख सेवा लम्साल अधिकारी र प्रधानमन्त्रीकी सहयोगी मृदुला कोइरालासमेत सहभागी रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी मिसनले जनाएको छ ।

प्रकाशित मिति: 2014-06-21 03:39:31
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing