जापान समाचार

ठुला सपनाको लागि ठुलै चुनौतीको सामना गर्नुपर्छ


सुजन जोशी / 2014-06-23 22:22:41


ठुला सपना देख्नु सायद ठुलो सफलताको पहिलो पाइला पनि हो । म पनि यो कुरालाइ हृदय देखी नै आत्मसाथ गर्दछु र साथै ठुला सपनाले दिन सक्ने ठुला समस्या , ठुलो चोटको लागि पनि मानसिक, शारिरीक रुपमा  तयारी अबस्थामा रहनु पर्दछ । सायदै बिदेशमा आएर संघर्ष बिना सफलता पाएका कोहि होलान् । आजकल पत्रपत्रिका,अनलाईन, सामाजिक संजालहरुमा बिभिन्न किसिमका निराशाजनक लेख समाचारहरु आउन थालेका छन् ।

जापानमा पनि बढ्दो नेपाली समाज संगै बिभिन्न किसिमका समस्याहरु पनि देखिदै आएको छ । केहि बर्ष देखि आत्महत्याका घटनाहरु पनि बढिरहेका छन । केही समय अगाडी एक सातामै २ जना नेपाली बिद्यार्थीले आत्महत्या गरे।उसो त,जापान संसारमै नै सबैभन्दा बढि आत्महत्या गर्ने देशमा पर्दछ ।तथ्यांक कुरा गर्ने हो भने सायद बिदेशमा नेपालीहरुले गर्ने आत्महत्याको सवालमा जापान नै अग्रपंत्तिमा आउंछ होला। 
जापान जतिसुकै बिकसित भएपनि अझै जापानीहरुको बिदेशिहरुलाइ हेर्ने नजर बिकसित भएको छैन । कतिपय शंकास्पद घटनाहरु पनि आत्महत्या भनि झिसमिस पारिएको हल्ला पनि चल्ने गरेको छ । सायद यो मेरो भ्रम पनि हुन सक्छ तर निर्दोष नेपाली गोबिन्द मैनाली १५ बर्ष जेलको कालकोठरीमा बिताएको हामी कहां बिर्सन सक्छौ र ? हुनत यै देशको नागरिक पनि बिना कशुर ४८ बर्षको जेल जिबन बिताइ केहि दिन अघि मात्रै निर्दोष ठहरि छुटेको समाचार पनि आएको थियो । जे होस घटनाहरुको अझै गम्भिरता पुर्बक छानबिन गर्न, गराउन नेपाली समाज अझै सक्रिय हुनुपर्ने आबश्यकता छ। 

हामी नेपाली जुनसुकै रुपमा बिदेशिए पनि सबैको पहिलो प्राथमिकता अर्थोपार्जन नै हो । बिधार्थी जीबनमा स्कुल फिस तिर्दै आफ्नो दैनिक खर्च सहित केहि बचत गरेर नेपाल पठाउनु सजिलो छैन । ऋणधन गरि बिदेशिएका हामी नेपाली बिद्यार्थीको पहिलो प्राथमिकता नै कसरी हुन्छ छिटो भन्दा छिटो आफु बिदेशिदा लागेको खर्च पठाइ परिवारको समस्या घटाउने भन्नेमा नै केन्द्रित हुदा , पढाइबाट ध्यान हट्दै जान्छ र जापान जस्तो अंग्रेजी भाषा नचल्ने मुलुकहरुमा भाषा अध्ययनमा जोड नदिइ पैसा कमाउन तिर मात्र लाग्दा क्षणिक रुपमा फाइदा देखिए पनि भाषाको कमिले लामो जापान बसाइको क्रममा पर्न सक्ने समस्याहरुलाइ नजरअन्दाज गर्नु बिल्कुल गलत छ । मेरो आफ्नो अनुभबमा सुरुमा जापानको खान्जी हामीलाइ किन चाहियो ? केहि समय बस्नको लागी बोल्न जाने पुगी हाल्यो नि भन्ने किसिमका बिचारले खान्जीको अध्ययन नगर्दा बिश्वबिद्यालयमा अध्ययन गर्ने क्रममा धेरै समस्या आउने गर्दछ । सुरुमा जापानको जिबनशैली देख्दा यस्तो देशमा पनि को धेरै बस्ला भनि फर्किने दिन गन्दै बस्ने र आफुले सोचेको जस्तो नभइ फर्किन चाहेको बेलामा फर्किन नसक्दा फ्रस्टेसन हुने गर्दछ ।जुनसुकै देश किन नहोस बिदेश भनेको दलदल हो । नेपालबाट बिदेश जान जति गाह्रो छ त्यो भन्दा धेरै गाह्रो बिदेश बाट नेपाल फर्किनु हुन्छ । त्यसैले छोटो समय बस्ने सोचाइ होस लामो समय बस्ने सोचाइ होस । सम्बन्धित देशको भाषा संस्कृति रहनसहनमा सामान्य दख्खल राख्नु ने उत्तम हुन्छ।
अन्त्यमा मुलत: भाषा बिध्यार्थीको रुपमा जापान आउन लाग्नु भएकाहरु जापानको बारेमा राम्रो संग सोधपुछ गरि बुझेर मात्र आउनुहोला। म कुन शहरको, कुन ठाउंमा जांदैछु बुझेर आउनुहोला। अहिले ईन्टरनेटको माध्यमबाट बिश्वको कुनै पनि कुनाको जानकारी तुरुन्त पाउन सकिन्छ। र आइ सक्नु भएकाहरु कामलाइ सानो ठुलो नसोचि आर्थिक अबस्थाको साथसाथै भाषालाइ पनि बलियो बनाउदै लैजानुहोला र सबैभन्दा महत्वपूर्ण यदि दु:ख पाउनु भएको छ भने तपाइ मात्र होइन । यहा प्राय: सबैले दु:ख पाएका छन।जापानीहरु दिनमा १८ घन्टासम्म काम गर्छन। तपाइले -३°मा काम गर्नु भएको छ भने -१५° मा काम गर्ने हरु पनि छन भनि सोच्नुहोस। हिम्मत नहार्नुहोला । 
गान्बात्ते कुदासाइ ...
(लेखक नेपाल जनसम्पर्क समिति, जापानको पुर्ब सह-महामन्त्री हुन)
प्रकाशित मिति: 2014-06-23 22:22:41
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing