आर्थिक अपचलनको आरोप लागेपछि एनआरएन जापानका कोषाध्यक्ष तेज प्रसाद अर्यालले राजीनामा गरेका छन।तर राजीनामा पत्रमा भने उनले आफु ब्यबसायिक कामको लागि देश विदेश हिडिरहनु पर्ने र सस्थामा चाहेर पनि समय दिन नसकेकोले सस्थाको लक्ष्य अनुसार काम हुन नसकेको महसुस गर्दै आफ्नो पद बाट राजिनामा दिएको जनाएका छन् |
अर्यालले राजीनामा दिएपछि रिक्त कोषाध्यक्षमा कार्यसमिति सदस्य दिपक थापालाई मनोनित गरेको छ | एन आर एन जापानका अध्यक्ष पारसमणि पोखरेलले जारी गर्नु भएको बिज्ञप्तिमा कोषाध्यक्ष अर्यालले दिनु भएको राजिनामालाइ सस्थाको सचिबालयामा छलफल गरि स्वीकृत गरिएको र थापालाई सर्वसम्मत रुपमा मनोनित गरिएको जनाइएको छ |
कोषाध्यक्ष अर्यालले हालै मात्र दिएको लिखित राजिनामा पत्रमा आफुलाई अमुल्य मत दिएर निर्वाचित गराउनु हुने सबैमा धन्यवाद ब्यक्त गर्दै सस्थाको हितको लागि बाहिर बसेर हुने सम्मको सहयोग गर्ने प्रतिवद्दता पनि जनाएका छन् |