जिप दुर्घटनामा २ को मृत्यु
Admin / 2014-06-25 03:51:38
नेपाल ब्युरो–असार ११, काठमाडौँ ।
बैतडीको सित्तढ गाविस ४ मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दार्चुलाको गोकुलेश्वरबाट बैतडीका लागि छुटेको हेलो नेपालको बा ७ प २८५० नम्बरको जिप पञ्ज्यू भन्ने स्थानमा सडकबाट एक सय ५० मिटल तल नदीमा खस्दा इन्जिनियर अतुल केसी र नाम नखुलेका एक जनाको मृत्यु भएको हो ।
यता काठमाडौको बालाजुमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
नयाँ बजारबाट बालाजुतर्फ जाँदै गरेको बा ३३ प ४७४७ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा काठमाडौँ सीतापाइलाका निर्मल महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ।
महर्जनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।
प्रकाशित मिति: 2014-06-25 03:51:38
प्रतिक्रिया: