नेपाल समाचार

सुरकारी कर्मचारी पनि एमाले महाधिबेशन प्रतिनिधि


Admin / 2014-06-27 02:34:00


एमालेको अर्को साता सुरु हुने नवौं महाधिवेशनका लागि सरकारी कर्मचारी पनि ठूलो संख्यामा प्रतिनिधि चुनिएका छन्। महाधिवेशन प्रतिनिधिमा ८४ जना निजामती कर्मचारी छन् भने सरकारी संस्थान, वित्तीय संस्था, शिक्षक र प्राध्यापकसमेत जोड्दा प्रतिनिधि संख्या डेढ सयभन्दा बढी रहेको स्रोतले बतायो।

एमाले प्रतिनिधि चयनका लागि मंगलबार राष्ट्रिय सभागृहमा सम्पन्न पेसागत महासंघको निर्वाचनमा २२ जना सरकारी कर्मचारी चुनिएका आजको अन्नपूर्ण पोष्टमा माधव ढुङ्गेलले समाचार लेखनु भएको छ । तीमध्ये कतिपय निजामती कर्मचारीको भूमिगत नाम (उपनाम) राखिएको छ। सहकारी विभागमा कार्यरत नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष भोलानाथ पोखरेल 'रोहित' सहित परराष्ट्र मन्त्रालयका राजन रेग्मी (इन्द्रकमल शर्मा), काठमाडौं कर कार्यालयका विष्णु लामिछाने (सागर शर्मा), कृषि अनुसन्धान परिषद्का नवीन पौडेल, अर्थ मन्त्रालयका प्रेमकुमार पराजुली, निजामती संगठनका महासचिव रहेका सामान्य प्रशासन अतिरिक्त समूहका मोहनकुमार घिमिरे (द्रोणाचार्य) र कृषि मन्त्रालयकी कर्मचारी राधिका ढकाल एमाले प्रतिनिधि चुनिएका हुन्। पराजुली एमाले काठमाडौं उपत्यका बुद्धिजीवी जिल्ला समितिका उपसचिव पनि हुन्।

नेपाल राष्ट्र ब्यांकका वसन्तराज पाण्डे, दुग्ध विकास संस्थानका दीपक सुवेदी, राष्ट्रिय वाणिज्य ब्यांक कर्मचारी संगठनका अध्यक्ष नारायणप्रसाद सुवेदी, विद्युत् प्राधिकरणका रामप्रसाद रिमाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हेमनाथ पौडेल, पुष्पा कर्ण र नेत्रप्रसाद पौडेल, कृषि विकास ब्यांक कर्मचारी संगठनका अध्यक्ष योगेन्द्रबहादुर सिंह र नेपाल टेलिकमका लालबहादुर पाख्रिन पनि प्रतिनिधि बनेका छन्। महाधिवेशन प्रतिनिधिमा वीर अस्पतालका स्वास्थ्य प्राविधिक विष्णुप्रसाद फुयाल, नेपाल ब्यांककी सरोजकुमारी झा, त्रिवि शिक्षण अस्पतालकी गंगा थापा 'गौरी' र सरकारी शिक्षक कमला तुलाधर पनि चुनिएका छन्।

निजामती सेवासम्बन्धी कानुनले कर्मचारीलाई राजनीति गर्न प्रतिबन्ध लगाएको छ। कानुनले पार्टी सदस्यता लिन त परै जाओस्, निजामती कर्मचारीलाई पार्टी र उसका जनवर्गीय संगठनका कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ।

संगठनका पूर्वअध्यक्ष रहेका एमाले महाधिवेशन प्रतिनिधि भोलानाथ पोखरेल भन्छन्, 'विभिन्न जिल्ला समिति, क्षेत्रीय समितिलगायत पार्टीका विभिन्न भौगोलिक समितिबाट ८४ जना निजामती कर्मचारी प्रतिनिधि चुनिएका छन्। सेवा प्रवाहमा तटस्थता, राजनीतिक विचारमा प्रतिबद्धता भन्ने हाम्रो नीति हो। कानुनमा रहेको व्यवस्था नै संशोधन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।'
प्रकाशित मिति: 2014-06-27 02:34:00
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing