रमजान पर्व आजदेखि सुरु
Admin / 2014-06-30 04:47:44
नेपाल ब्युरो–असार १६,एजेन्सी ।
मुसलमानहरुको महान् धार्मिकग्रन्थ कुरान अवतरण भएको महिना रमजान पर्व आजदेखि सुरु भएको छ ।
एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीले उपवास बस्नुपर्छ, जसलाई रोजा भनिन्छ । सूर्य उदाउनुभन्दा लगभग दुई घण्टा अगाडि केही खानेकुरा सेहहरी खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुसलमानहरु निराहार बस्नुपर्छ ।
रोजाजस्तो कठिन ब्रत गर्ने ब्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिका बाहेक सबैलाई अनिवार्य छ । ३० दिनको यो रमजान महिनालाई अल्लाहले तीन भागमा बाँडेका छन् ।
पहिलो १० दिनको अवधिलाई बरक्कत अर्थात् (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दयामाया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानहरुले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।
रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् । रमजान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।
प्रकाशित मिति: 2014-06-30 04:47:44
प्रतिक्रिया: