खेलकूद

नेदरल्यान्ड सेमिफाईनलमा,कोस्टारिकाको यात्रा पूर्णविराम


Admin / 2014-07-05 21:20:16


साल्भाडोर (एजेन्सी), असार २२ - सब्स्टिच्युट गोलकिपर टिम क्रुलले दुई प्रहार असफल तुल्याएपछि नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा कोस्टारिकाको चुनौती ४-३ ले पन्छाउँर्दै विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अब उसले फाइनल प्रवेशको लागि अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।

 

अतिरिक्त सयमको अन्तिम समयमा जास्पर सिलेसनको स्थान लिदै मैदान प्रवेश गरेका किपर क्रुलले कप्तान ब्रायन रुइज र माइकल उमानाले पेनाल्टी सुटआउटमा प्रहार गरेको बल रोक्दै नेदरल्यान्ड्सलाई अन्तिम चारमा पुर्‍याएका थिए । चारै खेलाडीको प्रहार सटिक भएपछि डच टिमले विश्वकप फुटबलको पेनाल्टी सुटआउटमा पहिलोपल्ट जित हात पारेको हो ।

 

नेदरल्यान्ड्सका रोबिन भान पर्सी, आर्जेन रोबेन, वेस्ली स्नाइडर र डक कुएट पेनाल्टी सुटआउटमा सफल भएका थिए । विश्व फुटबलका महारथीहरुलाई पन्छाउँदै अन्तिम आठसम्मको यात्रा गरेको कोस्टारिकाका सेल्सो बोर्गेस, जियानकार्लो गोन्जालेज र क्रिस्टियन बोलानोस मात्र सफल भए । प्रशिक्षक लुइस भान गालले 'ट्रम्प कार्ड'को रुपमा प्रयोग गरेका किपर क्रुलको अपत्यारिलो तरिकाले 'माइन्ड गेम' खेलेका थिए ।

 

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गरी कुल २ घन्टाको खेल गोलरहित टुंगियो । दुवै तर्फबाट गोल नभएजस्तै खेल भने बराबरी स्तरहको थिएन । पूरा समय भान गालको डच टिम हावी भयो । चार बर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १-० ले हारेको नेदरल्यान्ड्सले ६४-३६ ले बल लपोजेसन आफ्नो पक्षमा राख्यो ।

 

नेदरल्यान्ड्सले निरन्तर पोष्टमा बल प्रहार गर्दै आक्रमणको जालो नै बुन्यो । उसले १५ पल्ट पोष्टमा प्रहार गरेको बलमध्ये कोस्टारिकाको डिफेन्सले ८ पल्ट असफल पारे । सात प्रहारमा गोलकिपर केयलर नाभस बाधक बने । स्नाइडरले दुईपल्ट प्रहार गरेको बल पोष्टमा लागेर फर्किए । त्यसैले नेदरल्यान्ड्सले चाहिएको गोल दुई घन्टाभित्रै गर्न सकेन । उसलाई म्यान अफ दि म्याच भएका कोस्टारिकन गोलकिपर नाभसले खुबै दुख दिए ।

 

हारसँगै कोस्टारिकाको एका देशको कथाजस्तै रहेको विश्वकप यात्रामा पूर्णविराम लागेको छ । उसले समग्रमा सातपल्टको विश्वकप विजेता इटाली, उरुग्वे र इङल्यान्ड भएको समूहमा विजेता भएर नकआउट चरणको यात्रा गरेको थियो । यस्तोमा उसले इटाली र उरुग्वेलाई हरायो । त्यसपछि अन्तिम १६ मा ग्रिसलाई टाइब्रेकरमा पन्छाउँदै नेदरल्यान्ड्सविरुद्ध क्वाटरफाइनल भेट पक्का गरेको थियो ।

प्रकाशित मिति: 2014-07-05 21:20:16
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing