एमाओवादी स्थायी समितिको बैठक आज पनि जारी
Admin / 2014-07-07 02:53:47
नेपाल ब्युरो– असार २३, काठमाडौँ ।
पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न एकीकृत माओवादी स्थायी समितिको बैठक आज पनि जारी रहने भएको छ ।
पार्टी अध्यक्ष दाहाल निवासमा अहिले जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा र संसदमा अपनाउने रणनीतिका विषयमा छलफल हुने एकीकृत माओवादीले जनाएको छ ।
यता चार दिनदेखि जारी नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आजपनि जारी रहने छ ।
आजको बैठकमा आजपनि अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले पेश गरेका छुट्टा छुट्टै राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् ।
केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारण राख्ने क्रम लम्बिएकाले बैठक केही दिन लम्बिएको हो । अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोहिको कार्यदिशा अनुसार नै अघि बढ्नुपर्ने र सशस्त्र संघर्षमा जाने परिस्थिति तयार भइनसकेको विश्लेषण सहितको राजनीतिक दस्तावेज पेश गर्नुभएको छ ।
तर सचिव चन्दले फरक ढंगबाट जनयुद्धमा जानुपर्ने प्रस्तावसहितको २३ पृष्ठ लामो राजनीतिक दस्तावेज पेश गर्नुभएको छ । चन्दले दस्तावेजमा सरकार, सदन र सडकबाट संघर्ष चर्काउनु पर्नेमा जोड दिनुभएको छ ।
प्रकाशित मिति: 2014-07-07 02:53:47
प्रतिक्रिया: