नेपाल समाचार

नेतृत्व दाबी गर्दै युबा पुस्ता


Admin / 2014-07-08 01:59:18


काठमाडौ, असार २४।


भातृसंस्था अनेरास्ववियू (अखिल) को नेतृत्व तहमा रहेका झन्डै डेढ दर्जनले यसपटक उम्मेदवारी दिने तयारी गरेका छन् । तिनमा  ०४६ साल यताका अखिलका सवैजसो अध्यक्षहरु पर्छन् । उनीहरुले आ-आफना प्यानलमा पर्न कसरत थालेका छन । तीमध्ये शंकर पोखरेल पदाधिकारीमा उम्मेदवार बन्ने संभावना छ । अन्य पूर्वअध्यक्षहरु भने केन्द्रीय सदस्यमा इच्छुक छन् ।

त्यसरी लाग्नेहरुमा पुर्व अध्यक्षहरु तुलवहादुर गुरुङ, रामनाथ ढकाल, योगेश भट्टराई, रविन्द्र अधिकारी, हिक्मत कार्की, राजेन्द्र राई, खिमलाल भट्टराई, अरुण नेपाल, ठाकुर गैरे, रामकुमारी झाक्री, माधव ढुंगेल छन् । बर्तमान अध्यक्ष किशोरविक्रम मल्ल पनि आकाक्षी देखिएका छन् ।

०४६ साल अघिका पूर्व अध्यक्ष मध्य टंक कार्की पनि प्रचारमा छन । केन्द्रीय सदस्यका आंकाक्षि भए पनि पूर्व अध्यक्ष रुपनारायण श्रेष्ठ प्रतिनिधि नभएका कारण चुनाव लड्न पाउँदैनन् ।  पूर्व अध्यक्षमध्ये रविन्द्र तत्कालिन मालेबाट अखिलका अध्यक्ष भएका हुन । अरुण नेपाल ०५३ मा मनोनित अध्यक्ष हुन । त्यतिबेला अखिलमा चर्को विवाद भएका कारण पार्टीले निर्वाचित अध्यक्षलाई हटाएर उनलाई मनोनित गरेको थियो । केन्द्रीय सदस्यका आंकाक्षी  ढुंगेल पहिलो पटक ठुलो संख्यामा पुर्व अध्यक्षहरु चूनावी मैदानमा उत्रिएको बताउँछन । उनका अनुसार अनेरास्ववियूबाट राजनीति थालेका ४५ बर्ष मुनीका मात्रै २५ युवा प्रतिस्पर्धा गर्दैछन । तिनमा ०४६ सालयता अखिलका पूर्व अध्यक्ष मात्रै १२ जना पर्छन् । १२ पूर्वअध्यक्षमा नेपाल प्यानलबाट ५ जना छन् । अरु ओली पक्षका छन् ।  परिक्षण भएका पुराना नेतालाई भन्दा युवा पीढीलाई नेतृत्वमा पुर्‍याउनुपर्ने दबाव महाधिवेशनमा बढेको छ । एमालेमा ३५ देखि ४५ सम्मका युवा, ४५ देखि ५५ का बयष्क र त्यसमाथिका पाका पुस्ता मानिन्छन् ।  

अखिलका पूर्वअध्यक्ष नेपाल बर्तमान नेतृत्वमा रहेका नेताहरुले २६/२७ बर्षमै पार्टी हाँकेको उदाहरण दिन्छन् । 'बर्तमान पार्टीको नेतृत्वमा रहेका नेताहरु अहिलेका युवाहरुको भन्दा कम उमेरमै पार्टीको महाचिव, पोलिटव्यूरो सदस्य बनीसक्नुभएको थियो', उनले भने, 'उमेर पुगेका नेताहरु अनुभवी हुनुहुन्छ तर, एमालेलाई  भिजन र क्रियाशिल भएको पार्टी बनाउन युवाहरु नै आउनुपर्छ ।'  राष्ट्रिय र अन्र्तराष्ट्रिय राजनीतिको ज्ञान भएकाले पनि युवाहरुले नेतृत्वमा जान पाउनुपर्छ भन्ने माग जायज रहेको धारणा राख्दै उनले एमालेका दुवै समूहले युवाहरूलाई जोड दिएकाले पनि उत्साह बढाएको बताए ।  

पूर्व अध्यक्ष ढुंगेल विश्वव्यापी प्रभाव र पार्टीभित्रै पुस्ता हस्तान्तरणको मुद्दाले पनि युवाहरुको प्रतिनिधित्व अबको केन्द्रीय समितिमा उल्लेखनिय हुने बताउँछन् । 'विदेशमा भर्खरका युवाहरुले राजनीतिको नेतृत्व लिएको देखेर आउने युवापक्ति ठुलो भइसकेको छ । त्यसको प्रभावले पनि म नेतृत्वमा जान सक्षम छु भन्ने युवाहरुमा विश्वास पलाएको छ', उनले भने, 'संविधानसभामा आफूभन्दा जुनियर सभासद् भइसकेको देखेर पनि एमालेमा युवाहरुका आकक्षा बढेको हो ।'
प्रकाशित मिति: 2014-07-08 01:59:18
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing