नेपाल पक्षको प्यानल घोषणा
Admin / 2014-07-10 02:37:13
काठमाडौँ, २६ असार ।
नेकपा एमालेको जारी नवौँ महाधिवशेनमा अध्यक्षका प्रत्यासी रहनु भएका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो प्यानलका पदाधिकारीको घोषणा गरेका छन ।बिहीवार राजधानीको एक पार्टी प्यालेसमा नेपालले प्यानलका पदाधिकारीको घोषणा गरिएको हो ।
उहाँले पाँच उपाध्यक्ष मध्य चार उपाध्यक्षको घोषणा गरेका हुन । चार जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र लालबाबु पण्डित रहेका छन ।
महासचिवमा सुरेन्द्र पाण्डेको र दुई उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुषाल रहेका छन । पाँच सचिव मध्ये तीन सचिवको मात्र नाम घोषणा गरिएको थियो नाम घोषणा भएका सचिवहरुमा वेदुराम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट हुन ।
अन्य दुई सचिवमा भीम आचार्य र प्रकाश ज्वालालाई उठाउने संभावना छ । सचिव वा उपाध्यक्ष मध्य एकमा राजेन्द्र पाण्डेको पनि संभावना छ । समावेशीकरण गर्ने अवस्थामा उपाध्यक्षमा पर्शुराम मेघी गुरुङको संभावना छ ।
प्रकाशित मिति: 2014-07-10 02:37:13
प्रतिक्रिया: