चार वटा विद्युत आयोजनामा २ अर्ब ६० करोड लगानी गर्ने
Admin / 2014-07-11 04:18:31
नेपाल ब्युरो–असार २७, काठमाडौँ ।
जलविद्युत विकास तथा कम्पनी लिमिटेडले निजी क्षेत्रका चार वटा विद्युत आयोजनामा २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
ती आयोजनाबाट १२२ दशमलब ५ मेगावाट विद्युत उत्पादन हुनेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका अनुसार चार महिनाभित्रै कर्जा प्रवाह हुने गरी ऋण लगानी सम्झौता भएको छ । बैंकमा ८ अर्ब रुपैयाँ राखेर ब्याजको कमाइ मात्र खाइरहेको आरोप लाग्दै आएपछि कम्पनीले अरू वाणिज्य बैंकसित सहवित्तीयकरण लगानीमा ती आयोजनामा ऋण लगानी गर्न लागेको हो ।
कम्पनीका अनुसार ४२ मेगावाटको मिस्त्री खोलामा ९६ दशमलब करोड, २७ मेगावाटको दोर्दी खोलामा ५० करोड, २३ दशमलब ५ मेगावाटको सोलु खोलामा २० करोड र खानीखोला जलविद्युत आयोजनामा ४० करोड ऋण लगानी गर्न लागिएको हो ।
कम्पनीले सरकारमार्फत विश्व बैंकबाट यसै साता आउने ४ अर्ब ९४० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण ३७ दशलमलब ६ मेगावाटको काबेली जलविद्युत आयोजनामा लगानी गर्दै छ ।
प्रकाशित मिति: 2014-07-11 04:18:31
प्रतिक्रिया: