गोलभेंडा बाटोमा खन्याएर बिरोध
Admin / 2014-07-14 21:49:17
काठमाडौं, असार ३१– सडक गोलभेंडाले लाल थियो । बटुवाहरु भर्खरै बजारमा ल्याइएका गोलभेंडा कचककचक कुल्चिंदै हिँडिरहेका थिए । अचार बनाउन सिलौटामा पिसेजस्तै गाडी र मोटरसाइकल त्यसैमाथि कुदिरहेका थिए ।
यो दृश्य हो, राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजार मुख्य प्रवेशद्वारको । सोमबार मध्याह्न १२ बजे ।
सरकारले बजार खोल्न नसकेको भन्दै किसानले बिक्री गर्न ल्याएका ८ टनभन्दा बढि गोलभेंडा सडकमै फालेपछि यस्तो स्थिति आएको हो । हरेक वर्ष उत्पादन बढ्दै गए पनि बजार नपाउँदा लागतभन्दा कम मोलमा बेच्नुपरेपछि आक्रोशित किसानले सरकारविरुद्व सांकेतिक विरोध स्वरुप गोलभेंडा सडकमा मिल्काएका हुन् ।
‘किसानले व्यावसायिक खेति सुरु गरेपछि गोलभेंडा उत्पादन वृद्वि भएको छ,’ तरकारी थोक बिक्रेता संघका अध्यक्ष भक्त खतिवडाले नागरिकसँग भने, ‘त्यसअनुरुप बजार नपाएपछि किसानले बाध्य भएर दुःख गरी फलाएको उत्पादन खेर फालेका हुन् ।’ विभिन्न क्षेत्रका किसानले ल्याएका ८ टनभन्दा बढि गोलभेंडा सडकमा मिल्काएको उनले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।
प्रकाशित मिति: 2014-07-14 21:49:17
प्रतिक्रिया: