चितवनका १२ गाविस बाढी र पहिरोको उच्च जोखिममा
Admin / 2014-07-17 04:18:05
नेपाल ब्युरो–साउन १,काठमाडौँ।
चितवनका ३१ गाविसमध्ये १२ गाविस बाढी र पहिरोको उच्च जोखिममा परेका छन् ।
चितवनका ३१ गाविसमध्ये १२ वटा गाविसलाई जिल्ला विपद् व्यवस्थापन समिति चितवनले उच्च जोखिममा राखेर क्षती न्यूनीकरणको तयारी गरेको जिविस प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।
ती गाविससँगै रत्ननगर र भरतपुर नगरपालिकाका केही वडालाई पनि बाढीको उच्च जोखिममा राखिएको छ भने हालै बनेको खैरहनी नगरपालिकाको कुमरोज क्षेत्र पनि उच्च जोखिममा रहेको बताइएको छ । जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क अनुसार चितवनको कल्याणपुर, गर्र्दी र बघौडा गाविस रिउ नदीलगायत अन्य खहरे खोलाको उच्च जोखिममा छन ।
यस्तै मेघौली, मङ्गलपुर, दिव्यनगर, कविलास गाविस नारायणी नदीबाट उच्च जोखिममा छ भने जगतपुर, कठार, पिप्ले, भण्डारा र पटिहानी गाविस राप्ती नदीबाट प्रभावित भएको छ ।
प्रकाशित मिति: 2014-07-17 04:18:05
प्रतिक्रिया: