विभिन्न स्थानमा आएको बाढि र पहिरोको कारण आम नागरीकहरुलाई सास्ती
Admin / 2014-07-19 04:08:39
नेपाल ब्युरो– साउन ३, काठमाडौँ ।
वर्षायाम सुरु भएसंगै देशका विभिन्न स्थानमा आएको बाढि र पहिरोका कारण आम नागरीकहरुले सास्ती भोग्नुपरेको छ ।
निरन्तर भइरहेको वर्षाका कारण महाकाली नदीको बहाव बढेपछि आज बिहानदेखि भारतिय सीमा पुलको आवागमनमा रोक लगाइएको छ । नदीको बहाव ८० हजार क्युसेक पुगेपछि पुलको आवागमनमा रोक लगाइने गरिएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज बिहान ७ बजे गरिएको मापनअनुसार महाकाली नदीको बहाव एक लाख ४० हजार १९२ क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।
पहाडी जिल्लामा पानी पर्ने क्रम नरोकिएकाले नदीको बहाव बढ्दै जान थालेको छ ।
उता म्याग्दीको अर्मन–३ छिसबाङमा अविरल वर्षासँगै आएको बाढी गाउँमा पसेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
खहरेखोला पहिरोले थुनिएर गाउँतिर धार परिवर्तन गरेपछि गएराति सर्वसाधारणमा भागाभाग भएको थियो । बाढी गाउँमा पसेपछि स्थानीय युवा र सर्वसाधारणको सहयोगमा खहरेका १० घरधुरीलाई गएराति अन्यत्रै सारिएको छ ।
बाढी र पहिरोले सेउलाबोट, गहते, पुलगैरा, खहरे लगायतका बासिन्दाको सिँचाइ र खानेपानी आयोजनामा समेत क्षति पु¥याएको छ । अहिले बाढी र पहिरोबाट १५ घर प्रभावित बनेको बताइएको छ ।
प्रकाशित मिति: 2014-07-19 04:08:39
प्रतिक्रिया: