नेपाल समाचार

प्रहरीनै काठ तस्करीमा संलग्न

६ प्रहरीलाई स्थानियबासीको नियन्त्रणमा
Admin / 2014-07-21 20:57:33


बारा : सुरक्षा गस्तीको आवरणमा काठ तस्करी गर्ने प्रहरीको एउटा समूहलाई स्थानीय जनताले नियन्त्रणमा लिएका छन्।

डकैतीका घटना बढ्न थालेपछि सुरक्षाका लागि आफै रात्री गस्तीमा खटिएका बाराको सिमरास्थित रामबनका स्थानीयबासीले तस्करीमा संलग्न छ जना प्रहरीलाई समाएका हुन्। मध्यरातमा डाकाको प्रतिकार गर्न समुह बनाएर बसेका स्थानीयले राती करिब दुई बजे सालको चिरान काठ लोड गरेको ना २ त ३८५० नम्बरको ट्रयाक्टर र प्रहरीको ना १ झ १३३२ नम्बरको भ्यानसहित छ जना प्रहरीलाई नियन्त्रणमा लिएका छन्। ट्रयाक्टरमा चिरान काठ लोड गरी ढुवानी गरिरहेको अवस्थामा प्रहरीको भ्यानले सुरक्षा दिइरहेको स्थानिय कुवेर न्यौपानेले बताए।

स्थानियबाट समातिने सबै सिमरास्थित ईलाका प्रहरी कार्यलयमा कार्यरत प्रहरी हुन्। ट्रयाक्टर प्रहरी सहायक निरिक्षक धर्मेन्द्र गिरिले चलाएका थिए भने भ्यानमा प्रहरी सहायक निरिक्षक सगिर अहमद नेतृत्वको टोली रहेको थियो। अहमद नेतृत्वको टोलीमा प्रहरी जवान चेतबहादुर थापा, सन्दिप कोइराला, आकाश गुरुङ र भिम रोकाया थिए।

करिब ३५.६८ क्युफिट रहेको ३१ थान चिरान काठ पर्साको चोर्नी गाविस ९ स्थित एक घरबाट ल्याइएको बताइएको छ। तर समातिएका दुई प्रहरी सहायक निरिक्षकले भने आफुलाई काठ पक्राउ गरेर ल्याउदै गरेको दाबी गरेका छन्। यता रात्री गस्तीमा रहेका स्थानियको भनाई अनुसार राती करिब १२ बजे ट्रयाक्टर र प्रहरीको भ्यान रामबनको बाटो हुदै पर्सा जिल्लातर्फ गएको थियो। ट्रयाक्टर र प्रहरी भ्यानसँगै गएको देखेपछि शंका लागेर आफुहरू लुकेर बसेको र फर्कने बेला नियन्त्रणमा लिएको स्थानिय लोकबहादुर कार्कीले बताए।

' हामी डकैतीबाट जोगिन गस्ती गरिरहेका बेला प्रहरी भ्यान र ट्रयाक्टर संगै गएको देख्यौ' कार्कीले भने,' मध्यरातमा भ्यान र ट्रयाक्टर देखेपछि शंका लागेर लकेर बस्यौ र फर्कने बेला काठसहित सबैलाई समात्न सफल भयौ।' गाउँको बाटो हुदै पर्सा जिल्लातर्फ गएको ट्रयाक्टर र भ्यान करिब दुई घण्टापछि सोही बाटो हुदै फर्किएको थियो। काठसहित आउदै गरेको ट्रयाक्टरलाई रोक्न खोज्दा चालकसँग केहीबेर घम्साघम्सी समेत परेको स्थानिय शान्ता श्रेष्ठले जानकारी दिईन्।

'चालकले ट्रयाक्टर रोक्न मानिरहेका थिएनन् जबरजस्ती भगाउन खोज्दै थिए' श्रेष्ठले भनिन्,' तर हामी सबै रोडमा उभिएर बसेपछि मात्र ट्रयाक्टर रोकिन पुगेको हो, गल्ती नभएको भए त्यसरी भगाउन खोजिदैन थियो होला, काठ तस्करी भएकै हो।'

आफुहरूले जिउधनको सुरक्षाकालागि रातभर नसुती गस्ती गरिरहेका बेला प्रहरी भने काठ तस्करीमा संलग्न हुनु निकै दुर्भाग्यपूर्ण रहेको स्थानियको भनाई छ। काठसहित मध्यरातमा समातिएका प्रहरीलाई रातभर नियन्त्रणमा राखी सोमबार बिहान वन्यजन्तु आरक्षको जिम्मा लगाएका स्थानियले घटनाको अनुसन्धान गरि कारवाही गर्न माग गरेका छन्। पक्राउ परेका प्रहरीको बयानबाट तस्करीको गिरोहलाई पक्राउ गर्न सकिने भन्दै अनुसन्धान गहिरिएर गर्न जरूरी रहेको पर्सा वन्यजन्तु आरक्ष मध्यवर्ती बन व्यवस्थापन समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले बताए।

आरक्षका निमित्त संरक्षण अधिकृत मन्जुर अहमदले काठसहित समातिएका प्रहरीलाई कार्यलयमा ल्याइएको र अनुसन्धान थालिएको बताए। स्थानियको सहयोगमा आरक्षअन्तर्गतको मुसर्नीमाई सामुदायिक बन उपभोक्ता समितिभित्र काठ र प्रहरी थालिएकाले आरक्षले कारवाही प्रक्रिया अघि बढाउने अहमदले बताए।

घटनाको बारेमा बुझ्न रामबन आईपुगेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रविन्द्र रेग्मीले समातिएका प्रहरी दोषी पाईएमा निलम्बन गरि कारवाहीका लागि सहयोग गरिने बताए। आरक्षले गर्ने अनुसन्धानमा आफुहरूको सहयोग रहने भन्दै रेग्मीले संगठनलाई बद्नाम गराउने यस्ता क्रियाकलाप नियन्त्रणकालागि दोषीमाथी कारवाही जरुरी रहेको बताए।

'हामी पनि अनुसन्धान गरिरहेका छौ, आरक्षले पनि आफ्नो काम सुरु गरेको छ' प्रहरी नायब उपरिक्षक रेग्मीले भने, 'दोषी पाइए आरक्ष कानुनअन्तर्गत कारबाही हुन्छ, हामी सहयोग गर्छौ। '
प्रकाशित मिति: 2014-07-21 20:57:33
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing