नेपाल समाचार

साउन तेस्रो साता भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने


Admin / 2014-07-23 20:38:27


८ श्रावण, २०७१, काठमाडौं।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउन तेस्रो साता नेपालको दुईदिने राजकीय भ्रमण गर्ने भएका छन्। विगत १७ वर्षमा भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गर्न लागेको यो पहिलोपटक हो।

परराष्ट्र न्त्रालय स्रोतअनुसार भारतले मोदीको नेपाल भ्रमणका लागि साउन १८ र १९ गते प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत रणजित रेले बुधबार परराष्ट्रमन्त्रालय पुगेर भ्रमण मिति प्रस्ताव गरेका हुन्।

'परराष्ट्रमन्त्रीले भोलि (बिहीबार) प्रधानमन्त्री सुशील कोइरालालाई यसको जानकारी गराएपछि प्रस्तावित मिति स्वीकृत गरिनेछ,' मन्त्रालय स्रोतले नागरिकसँग भन्यो, 'त्यसपछि भारतले प्रस्ताव गरेको मितिमा मोदीको नेपाल भ्रमण हुने औपचारिक घोषणा हुन्छ।'

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको प्रस्तावित मिति लिएर राजदूत रे बुधबार साढे ५ बजे सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेका थिए। परराष्ट्रसचिव शंकरदास वैरागीसँगको भेटमा राजदूत रेले भ्रमण मिति प्रस्ताव गरेका थिए।

'भारतीय प्रधानमन्त्री आउने पहिले नै पक्कापक्की थियो, तर हाम्रो प्रधानमन्त्री उपचारका लागि अमेरिका रहनुभएकाले भारतले मिति प्रस्ताव गरेको थिएन। प्रधानमन्त्री अमेरिकाबाट स्वदेश फर्केकै भोलिपल्ट भारतले प्रस्ताव ल्याएको छ,' स्रोतले भन्यो, 'प्रस्तावित मितिबारे पहिले नै भारतीय अधिकारीसँग मौखिक छलफल भएको थियो। त्यही समझदारीमा मिति आएकाले त्यसको औपचारिक घोषणा हुन मात्र बाँकी हो।'

भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका बेला राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने नेपाल समकक्षी सुशील कोइरालासँग द्विपक्षीय वार्ता हुनेछ। भारतीय प्रधानमन्त्री मोदीले साउन १९ गते सोमबार पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ।

नेपाल भ्रमणकै बेला केही महत्वपूर्ण सम्झौता हुने स्रोतले जनाएको छ। मोदीको नेपाल भ्रमणमा हुने सम्झौतापत्रको टुंगो लगाउन नेपालभारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुषमा स्वराज शुक्रबार नेपाल आउँदैछिन्। कुन कुन क्षेत्रमा, के के सहमतिमा सम्झौता गर्ने, के कति सहयोग घोषणा गर्ने भन्ने टुंगो दुई देशका परराष्ट्रले संयुक्त आयोगको बैठकमा गर्ने जनाइएको छ। बैठक शनिबार र आइतबार हुनेछ।

'संयुक्त आयोग बैठकमा नेपाल र भारतबीच अहिलेसम्म भएका सन्धि, सहमति, सम्झौता र समझदारीको समीक्षा हुन्छ,' परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले भने, 'भारतीय प्रधानमन्त्री पनि आउँदै हुनुहुन्छ। उहाँ आएका बेला के कस्ता सहमति गर्ने भन्ने निर्क्योल बैठकले गर्नेछ।'

छिमेकी राष्ट्रलाई उच्च प्राथमिकता दिएका मोदीले प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला भुटानको राजकीय भ्रमण गरेका थिए। मोदीले गत जुन १५ र १६ मा गरेको भुटान भ्रमण पनि छोटो अवधिमा तय भएको थियो। प्रधानमन्त्री भएपछि मोदीले छिमेकी राष्ट्रको भ्रमण गर्ने नेपाल दोस्रो राष्ट्र हो।

नेपालमा प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतको भ्रमण गर्ने अभ्यास विकसित भए पनि सन् १९९७ यता भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेका छैनन्। सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले नेपालको औपचारिक भ्रमण गरेका थिए।

सन् २००२ जनवरीमा सार्क शिखर सम्मेलनमा सहभागी हुन तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयी काठमाडौं आए पनि त्यो औपचारिक भ्रमण थिएन। मोदीअघि दुई कार्यकाल प्रधानमन्त्री भएका मनमोहन सिंहले नेपाल र पाकिस्तानबाहेक सबै छिमेकी राष्ट्रको भ्रमण गरेका थिए। १० वर्ष भारतीय प्रधानमन्त्रीको कुर्सीमा रहँदा सिंहले भुटान सन् २००८ र २०१० मा, माल्दिभ्स २०११ मा, म्यानमार सन् २०१२ मा, चीन सन् २००८, २०१० र २०११ मा, श्रीलंका सन् २००८ मा र अफगानिस्तान सन् २००५ र २०११ मा भ्रमण गरेका थिए।

 

प्रकाशित मिति: 2014-07-23 20:38:27
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing