फिचर/साहित्य

विघटनको संघारमा एमाओवादी


Admin / 2014-05-14 05:25:03


- प्रकाश गिरी
विराटनगर सम्मेलनपछि एनेकपा माओवादीमा थप धाजा फाटेको छ । सम्मेलन हलबाट डा.बाबुराम भट्टराई सहित उनी पक्षधर नेताहरु केन्द्रिय समिति सदस्य घोषणा गर्ने वेलामा बाहिरिएपछि पाच दिनसम्म विराटनगरको उष्ण तापमानमा माओवादीले कस्तो वैचारिक बहश गरेछ भन्ने प्रष्ट भएको छ ।

विराटनगरले पनि एमाओवादीको आकांक्षा पुरा गर्न सकेन । एक भएर आउने उसको चाहनामा ठेस लागेको छ । बरु,विचार समुहको नाममा बनेको गुटको राजनीति थप मौलाएको छ र अल्पमतको कदर नगर्ने परिपाटी विकास भएको छ । एमाओवादी नेताहरु नै भन्छन–गुट मौलायो भने पार्टी विघटन हुन्छ । यसको एक पटक सफलतापुर्वक माओवादीले रिहर्सल गरिसकेको छ । किनभने नेकपा–माओवादी फरक अस्तित्वको दल अहिले यहि भुगोलमा छ ।

विराटनगरमा जानु अघि अध्यक्ष पुष्पकमल दाहालले काभ्रेको रिसोर्टमा बसेर अवधारणा तयार पारेका थिए । हरेक पटक उनी यसै गर्छन । बडा सुविधा सम्पन्न ठाउमा शान्तपुर्वक लेखिएको अवधारणामा नेता डा।भट्टराईले सात वुदे लिखित असहमति दर्ज गरिदिए । विराटनगर पुग्नु अघिसम्म पनि उनले फरक र नया अवधारणा ल्याउने चर्चा थियो । उनी स्वयमले सञ्चार माध्याम मार्फत यसको संकेत गरिसकेका थिए । एउटा कम्युनिष्ट पार्टीका बरिष्ठ नेताले नया शक्तिको आवश्यकता छ भनेर गरिएको बहशमा धेरै वुद्धिजीविले भाग लिईसकेका थिए । स्वयम एमाओवादी अलमलमा थियो । तर अचम्म,उनले बाहिर बहश गरेर पनि पार्टी भित्र भने फरक मत राखेर मात्र चित्त वुझाए ।

सम्मेलनमा डा.भट्टराईले फरक अवधारणा ल्याएनन भन्नुको मतलब उनी मौन रहे वा चुप बसे र अध्यक्षको प्रतिवेदन स्विकार गरे भन्नु सर्वथा अनुचित हुन्छ । सम्मेलनको क्रममा कहिले सञ्चो भएन भनेर हलबाट बाहिरिने त कहिले केन्द्रिय समिति सदस्य घोषणा हुने वेलामा मेरो पनि नाम नराख्नु भनेर निस्किए । यो फरक सन्दर्भ हो कि डा.भट्टराईलाई सम्मेलन छिटो सिद्धयाएर चीन जान हतार थियो,तर भित्र भित्र भुसको आगो झैं वैचारिक वहश चर्को थियो,सल्किरहेको थियो ।

हेटौंडा महाधिवेशनका आधा र अपुरा काम पुरा गर्ने उदेश्यले एनेकपा माओवादी विराटनगर पुगेको थियो । महाधिवेशनको १५ महिना पछि राष्ट्रिय सम्मेलन गरेर उसले महाधिवेशनको बाकी कार्यभार पुरा गर्ने र यहि जगमा विशेष महाधिवेशन गर्ने सोचेको थियो । र,कम्तिमा पनि विराटनगरबाट फर्किंदा केन्द्रिय समिति, पदाकिारी, सल्लाहकार,जस्ता पदहरु भरिपुर्ण गरेर फर्कने उसको वचनवद्धता थियो । सम्मेलनमा जानु अघि बसेको केन्द्रिय समितिले आफनै आकार भारी भरकमको भयो,भद्धा भयो, जनवादको अभ्यास गर्न कठिन भयो भन्ने निष्कर्ष निकाल्दै डबल डिजिटमा सिमित गर्ने निर्णय गरेको थियो । एमाओवादी नेताहरु ९९ जना भन्दा बढी केन्द्रिय सदस्य चयन नगर्ने बताईरहेका थिए तर विराटनगरको सभागृहमा पस्दा कापी कलम र गम्छा उपहार पाएका करिव ११सय प्रतिनिधिले थाहै नपाई विधान संशोधन भएर केन्द्रिय समितिको आकार १सय ५१ जनाको भयो । यसरी आफैले गरेको निर्णय उल्लंघन गरयो–एमाओवादीले । सम्मेलनपछि एमाओवादी तर्क गर्दैछ–महाधिवेशनले दिएको म्यान्डेट अनुसार केन्द्रिय समितिको आकार बढाइएको हो । र, खुशी प्रकट गर्दै आफनो पिठ आफै थपथपाउदैछ–२सय ६८ जनाबाट घटाएर १ सय ५१जनामा सिमित गर्न सकेकोमा । तर,यस्तो तर्क गरिरहदा उसले डबल डिजिटमा सिमित रहने केन्द्रिय समितिको निर्णय चाहि भुलेको छ ।

मुलत यो काम महाधिवेशनको हो । कुनै पनि दलको लागि महाधिवेशन निकै महत्वपुर्ण हुन्छ । यो सर्वोच्च निकायले जे म्यान्डेट दिन्छ यसलाई मान्नु नै दलहरुको कर्तब्य हो । तर,२१ बर्षपछि महाधिवेशन गरेको एमाओवादीलाई यस्तो केहि लागेन । महाधिवेशन गरेर नया दिशा र नया नेतृत्व चयन गर्न गएको एमाओवादी हेटौंडाबाट खिलराजलाई सरकार प्रमुख वनाउने नया सुत्र फेला पारयौं भनेर सञ्जीवनी वुटीको पहाड नै वोकेर आउने हनुमान झैं फुलेर काठमाण्डौं फर्कियो । तर,उसले गर्नैपर्ने काम चाहि गर्न सकेन । न केन्द्रिय समिति, न पदाधिकारी न पार्टी भित्र एकताको वातावरण सिर्जना गर्न सक्यो । यहि अधुरा काम विराटनगरले गर्नुपर्ने थियो तर विराटनगर पनि हेटौंडा भन्दा फरक हुन सकेन । यसले पनि केन्द्रिय समिति पुरा गर्न सकेन,पदाधिकारी त झन पुरै खाली राख्यो,थप नया विवाद पनि देखा परयो । अब यो विवादको अन्त्य गर्न केन्द्रिय समितिको आकार बढाएको छ,एमाओवादीले । र,यसमा हल खोज्न डा।भट्टराई चिनबाट कहिले फर्कन्छन भनेर कुरेर वस्नेछ–संस्थापन पक्ष ।

एमाओवादीको सवैभन्दा ठुलो समस्या सैद्धान्तिक समस्या नै हो । कुन विचार धाराको आधारमा अघि बढने भन्ने अहिले तिव्र वहश र विवाद भईरहेको छ,त्यहा । हेटौंडा महाधिवेशनले लिएको अवधारणामा अहिले सम्म सैद्धान्तिक प्रष्टता आएको छैन । सम्भवत अब विशेष महाधिवेशन अघि यसले कुनै आकार पनि लिने छैन । एमाओवादीमा देखिएको अर्को सांगठनिक समस्या पनि हो । अहिले सम्म पनि एमाओवादीमा युद्धकालिन संरचना कायम छन । त्यो विशिष्ट अवस्थाको संरचना बदल्नको लागि नै महाधिवेशन अनि राष्ट्रिय सम्मेलन केन्द्रित हुनुपर्ने थियो तर यी दुवै निकाय यी र यस्ता काम गर्न असफल भए । एमाओवादी नेतृत्वको यो भन्दा ठुलो असफलता अरु हुन सक्दैन ।

विराटनगर पुग्नु अघि डा।भट्टराई यहि अवस्थामा विराटनरमा सम्मेलन भएमा पार्टीलाई विघटनबाट जोगाउन कसैले पनि सक्दैन भनेका थिए । निकै विवादस्पद खालको यो अभिब्यक्ति थियो । तर यसमा स्वयम पार्टी अध्यक्ष पुष्पकमल दाहालले पनि भाग लिए । उनले भने –सम्मेलन नभए पार्टी विघटन हुन्छ । उनले त धम्कीको भाषामा पद प्रति यहि ढंगको आकांक्षा राख्नेहरुको भीड लाग्ने हो भने पार्टी विघटन गरिदिने चेतानवनी समेत दिए । सारमा कुरा के हो भने दुवै अवस्थामा एमाओवादी विघटनको संघारमा पुगेको रहेछ । र,अहिले सम्मेलन भईसकेको छ,र विराटनगरमा जे जस्ता घटना भए यसले एमाओवादी संकटमा रहेको वुझन कठिन छैन । डा।भट्टराईले सम्मेलन भएमा पार्टी विघटन हुन्छ भनेको शायद यसै कारणले होला । र,अब अध्यक्ष दाहालको काधमा थप जिम्मेवारी आपरेको छ कि यो महत्वपुर्ण घडीमा नेतृत्व कसरी दिने रु अनि, असहमत पक्षलाई कसरी मनाउने भन्ने । एक पटक पार्टी विघटनबाट जोगाउन नसकेको तितो अनुभव दाहालसंग छ भने अब यो धाजाा कसरी पुर्ने भन्ने अर्को पनि दायित्व थपिएको छ । र,अवस्था यहि रहने हो भने यो धाजा पुर्न दाहाल शायद समर्थ हुने छैनन । त्यतिवेला अध्यक्ष दाहालले अहिले वाहिर रहेको नेकपा माओवादीसंग विविध कारणले एकता गर्नुपर्ने वाध्यता हुन सक्छ ।
त्यसो भए के साच्चै एमाओवादी विभाजनको डिलमा पुगेको हो त रु प्रश्न उठन थालेको छ । यो प्रश्नको वारेमा सोचिरहदा एक पटक डा।भट्टराईको स्वभाव र उनीसंग रहेका मानिसको झुण्ड पनि हेर्नुपर्छ ।

डा।भट्टराइलाई नजिकबाट चिनेका मानिसहरु उनी नया पार्टी हाक्न सक्ने खालको मानिस होईन,बरु लाए अह्राएको काम बडा सफासंग गर्न सक्ने मानिस हो भन्दछन । पार्टी सञ्चालनको खुवी भनेको मुलत ब्यवस्थापकिय जिम्मेवारी हो । तर,डा।भट्टराई स्वयम चाहि मौरी जस्ता छन । अर्को कुरा के मा पनि ध्यान दिनु पर्छ भने डा।भट्टराइसंग अहिले जति मानिस छन,एमाओवादीमा के त्यति मानिसबाट नै नया पार्टी वन्न सम्भव छ । एमाओवादी मुलत प्रचण्डको पार्टी हो । लामो समय देखि उनले जसरी संगठन वनाए र त्यहा जस्ता मानिसको वाहुल्यता छ,त्यसले प्रचण्डलाई नेता भनेर चिन्दछ भने डा।भट्टराईलाई सेलिव्रेटी । यहि सम्मेलनको दौरानमा पनि के देखियो भने गोरखामा नै डा।भट्टराई अल्पमतमा रहेछन । देशब्यापी रुपमा संगठनको हालत यस्तै छ । डा.भट्टराईसंग विराटनगरको हलबाट सामुहिक रुपमा निस्कने नेताहरुमा चानचुन १७ जना मात्र थिए । थोरै मानिसलाई केन्द्रिय सदस्य वनाउने भएपछि नै हो,डा.भट्टराई हलबाट बाहिरिएको । अन्यथा,अघिल्लो दिनको वैठकमा सहमतिको आधारमा केन्द्रिय सदस्य चयन नहुने निश्चित भएपछि चुनाव पनि नगर्ने निधो भयो । अन्यथा धर्मशीला चापागाईंको निर्वाचन समितिले सदस्य चयनको लागि निर्वाचन तालिका सार्वजनिक गरिसकेको थियो । निर्वाचनमा आफनो वर्चस्व नहुने मात्र होईन,अवस्था नाजुक हुने देखेपछि डा.भट्टराईको टिम सम्माजनक अंक माग्दै अध्यक्ष दाहाललाई  ९९ जना चयन गर्न अधिकार सुम्पिएर फर्किएको थियो । तर,अन्तिम दिन यहि विषय नै गलपासो वन्यो । अध्यक्ष दाहालले डा.भट्टराइले वार्गेनि¨ गर्न थालेको महशुश गरेपछि अर्का नेता नारायणकाजी श्रेष्ठसंग साठगाठ गरे ।

र,हलमा केन्द्रिय सदस्यको नाम भटाभट पढेर सुनाए । चित्त वुझेन,डा.भट्टराईको टिम बाहिरियो । तर,अध्यक्षमा पुन दाहाल नै चयन भएको बताईरहदा हलमा सवैभन्दा धेरै बेर सम्म ताली बजिरहयो । अनि त्यहि हलले तीन जनाको केन्द्रिय कार्यालय पनि गठन गरयो,जहा डा।भट्टराई छुटे । र,हेटौंडा महाधिवेशनकै नियति कसरी दोहरियो भने यो सम्मेलनले पनि पदाधिकारी चयन गर्न सकेन । अर्को असफलताको भारी वोक्यो,यो सम्मेलनले । एमाओवादीमा अब विशेष महाधिवेशनको कुरा चर्को ढंगले उठनेछ र यो नगरी सुखै पाउनैछैन एमाओवादीले । फलामे अनुशासन भएको एमाओवादीलाई विराटनगरको गर्मीले तताएको मात्र छैन,पगालिदिएको छ ।

प्रकाशित मिति: 2014-05-14 05:25:03
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing