नेपाल समाचार

दोहोरोमारमा बु्द्दचित्ता माला


Admin / 2014-07-23 22:31:06


बनेपा- बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) को खेती गर्ने किसान प्रहरी र लुटेराको दोहोरो मारमा परेका छन्। प्रतिमाला ५ हजारदेखि ५ लाखसम्म बिक्री हुने बोधिचित्त जोगाउन उनीहरू रातभरि बोटमुनि नै सुत्ने गरेका छन्। पछिल्लो समय बोधिचित्तको दाना र माला निकासीमा प्रहरीले 'सहयोग' गरे पनि लुटेराबाट जोगाउन किसानलाई सास्ती पर्ने गरेको छ।

'पैसाका कारण बुद्धचित्त जति आकर्षक छ, बोटमै, टिपेपछि र निकासी गर्दा जोगाउन त्यत्तिकै मुस्किल छ। हिजो प्रहरीले सास्ती दिन्थे, आज लुटेरा पछि लाग्छन्,' एक किसानले दुखेसो पोखे। 'हरेक रात बोटमुनि सुत्ने गरेका छौं, लुटेराका सहयोगी पनि बोट हेरेरै भाग माग्न आउन थालेका छन्।'दाना जोगाउन मुस्किल पर्न थालेपछि समयअगावै टिपेर पठाइहाल्न खोजेको ती किसानले बताए। बुद्धचित्तको दाना र माला काठमाडौं बौद्ध र भारत बोधगयासम्म पुग्ने गरेको छ। 'बुद्धचित्तको मुख्य बजार भनेको बौद्ध हो, त्यहाँ बेच्न नसके तिमालका किसानले भारतको बोधगयासम्म लगेर बेच्छन्,' बुद्धचित्त पाइने क्षेत्र मेच्छेका बासिन्दा एवं पूर्व ऊर्जाराज्यमन्त्री सूर्यमान दोङले भने।

अघिल्लो वर्षसम्म बोधिचित्तको माला र दाना अवैध रुपमा निकासी गरेको भन्दै सताउने प्रहरीले वन कार्यालयको इजाजत लिने किसानलाई काभ्रेको नाका कटाउन सुरक्षा दिने गरेको छ। अघिल्लो वर्षसम्म दाना र माला निकासीमा प्रहरीप्रशासनको डर थियो। यसको ओसारपसार गर्ने धेरैले मुद्दा खेप्नुपरेको थियो। यसरी मुद्दा खेप्नेमा अधिकांश काभ्रेका तामाङ समुदायका थिए। परम्परागत रुपमा खेती गरिँदै आएको र कानुनले प्रतिबन्ध नभनेको अवस्थामा मुद्दा लगाएको भन्दै नेपाल तामाङ घेदुङलगायत बौद्धमार्गी समुदाय आक्रोसित भएका थिए।

यतिखेर परिस्थिति फेरिएको छ, प्रहरीले नै सुरक्षा दिएर बुद्धचित्तका दाना र मालालाई काभ्रेको सीमासम्म कटाइदिन्छ। प्रहरी सुरक्षाका लागि वन कार्यालयबाट निकासी इजाजत (छोडपूर्जी) आवश्यक हुन्छ।

'वनको इजाजत नभएको बुद्धचित्त चोरीको पनि हुनसक्छ, कुन किसानको उत्पादन हो भनेर यकीन गर्नका लागि वनले दिएको कागजपत्रको माग गरिएको हो,' काभ्रेका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले भने।

जिल्ला वन कार्यालयले शिखरअम्बोटे र तिमालका गाविसलाई बयर प्रजातिको बुद्धचित्त बोट रहेको क्षेत्र (क्लस्टर) मानेको छ। कार्यालयको अभिलेखअनुसार काभ्रेमा जम्मा ३४ किसानसँग मात्रै बुद्धचित्तको बोट छ। उनीहरुको बारीका ३ सय ७६ वटा बोटमा बर्सेनि बुद्धचित्तको फल (दाना) फल्छ।

कार्यालयले हालसम्म बयर प्रजातिको बुद्धचित्त फल संकलनका लागि २८ जना किसानलाई संकलन इजाजत तथा निकासी इजाजतपत्र (छोडपूर्जी) दिएको छ। यसअनुसार किसानले १ हजार ८ सय २८ किलो बुद्धचित्तका दाना लैजान छोडपूर्जी लिइसकेका छन्। यसमध्ये ९ सय १५ किलो लैजान बाँकी छ।

वन कार्यालयमा भेटिने बोटधनीहरु खुलेर कुरा गर्न चाहँदैनन्। कुरा गर्न अघि सर्ने किसानसमेत नाम उल्लेख नगर्ने सर्तमा कुरा गर्छन्। वन कार्यालयमा भेटिएका किसानले वनको प्रक्रिया झन्झटिलो भएको बताएका छन्। बोटधनी किसानले बुद्धचित्त संकलनदेखि निकासी इजाजतपत्र पाउन्जेलसम्म कम्तीमा ७ देखि १५ दिन जिल्ला वन, इलाका वन र नापी कार्यालय चहार्नुपर्ने हुन्छ।

'हामीले कुन किसानको, कहाँ र कति परिमाणमा बुद्धचित फलेको हो, त्यसलाई प्रमाणित गर्ने प्रणाली विकास गर्न खोजेका हौं। केही समय लाग्छ, यसबाट किसानलाई फाइदा हुने भएकाले झन्झट मानिदिनु भएन,' जिल्ला वन अधिकृत गणेश रायले भने।

निजी आबादीमा बोट भएका धनीले निवेदन दिएपछि स्थलगत निरीक्षण, नापी कार्यालयबाट स्थलगत रुपमा जग्गाको कित्ता नम्बर यकीन, बिक्रीनामा, जाँचबुझ मुचुल्का, संकलन अनुमति, संकलन इजाजतपत्र, नापतौलसहित मुचुल्का, राजस्व लिएपछि मात्रै निकासी इजाजतपत्र (छोडपूर्जी) दिइने सरकारी प्रक्रिया छ। वनले बयर प्रजातिको भन्दै बुद्धचित्त प्रतिकिलोलाई आठ रुपैयाँ मूल्यांकन गरी त्यसको १३ प्रतिशत राजस्व संकलन गर्दै आएको छ।

यसका अलावा किसानले लुटेराको समेत सामना गर्नुपर्ने हुन्छ। हालै बनेपा, बुडोलमा प्रहरीसमेतको संलग्नतामा लुटेराबाट दिनदहाडै ७२ थान बुद्धचित्तको माला लुटिएको छ। केही समयअघि इलाका प्रहरी कार्यालय मंगलटारले तिमाल गाउँमा बोधिचित्तको दाना लुट्न गएको समूहलाई पक्रेको थियो। यी उदाहरणबाट समेत बुद्धचित्त फलाउने, निकासी गर्ने र व्यवसाय गर्नेले दोहोरो सास्ती खेपेको देखिन्छ।

'मेरै आफन्तले बुद्धचित्त बेचेर पाएको रकमबाट लुटेरालाई अतिरिक्त रकम तिरेका छन्। नदिएसम्म बोटधनी सुरक्षित नै हुँदैनन्,' पूर्व ऊर्जाराज्यमन्त्री दोङले भने। उनका अनुसार किसानले न्यून मूल्य पाए पनि बिचौलियाबाट मूल्य बढ्दै जाँदा बुद्धचित्तको लाखौं रुपैयाँसम्म पुग्ने गरेको छ।

काभ्रेमा बुद्धचित्तका बोट रहेका क्षेत्र (क्लस्टर) मा तिमाल र दाप्चाभेग मुख्य मानिन्छ। तिमालका ठूलोपर्सेल, चापाखोरी, मेच्छे, पोखरीनारायणस्थान, मंगलटार, बोल्देफेदिचे, कानपुर, खार्पाचोक गाविस छन्। यस्तै दाप्चा भेगका डराउने पाखेरी, शिखरअम्बोटे, सिपाली चिलाउने, कालिञ्चोक, सिसाखानी र महादेवटार गाविस छन्। यी सबै ठाउँमा कच्ची बाटो रहेको र मूल सडकसम्म आइपुग्न समय लाग्ने भएकाले किसानले वैकल्पिक उपायका रुपमा हेलिकप्टरबाट समेत ढुवानी गरेका छन्। अघिल्लो साता शिखरअम्बोटेबाट १ सय ८१ किलो बोधिचित्त दाना हेलिकप्टर नै चार्टर गरेर काठमाडौं निकासी भएको छ।

वन कार्यालयको निकासी इजाजतका आधारमा सुरक्षा माग्ने किसान र व्यवसायीको बुद्धचित्त दाना र मालालाई सुरक्षापूर्वक सीमा कटाइदिएको काभ्रे प्रहरीको भनाइ छ। 'हामीले तिमालको चापाखोरीबाट ७ सय ३ किलो बोधिचित्तको दाना प्रहरी सुरक्षामा काभ्रेको नाका कटाइदिएका छौं,' प्रहरी नायब उपरीक्षक जनकराज भट्टराईले भने।

 

राजनीतिक दलसमेत सक्रिय

बुद्धचित्तको रुख भएका बोटधनीलाई दोहोरो मार पर्न थालेपछि प्रअिज केदार न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा प्रमुख, वन प्राविधिक र राजनीतिक दलका प्रतिनिधिको बैठकले विभिन्न निर्णय गरेको छ।

बुद्धचित्त प्रतिबन्धित नभए पनि यसको मूल्य शृंखलाका कारण असुरक्षा भएकाले जिल्ला वन कार्यालयबाट निकासी इजाजतपत्र (छोडपूर्जी) लिएका बोटधनीलाई पर्याप्त सुरक्षा दिने निर्णय भएको छ। यसै निर्णयका आधारमा अघिल्लो साता चापाखोरी९ की फूलमाया तामाङको ७ सय ३ किलो बुद्धचित्तका दाना प्रहरीले सुरक्षासहित काभ्रेको नाका कटाइदिएको छ।

यस्तै, नापी कार्यालयले समेत बुद्धचित्त खेती गर्दै आएका किसानलाई पहिलो प्राथमिकता दिएर जग्गाको निजी आबादी यकीन गरिदिने निर्णय गरिएको छ। राजनीतिक दलले समेत बुद्धचित्तको खेती गर्दै आएका किसानलाई सहयोग, समन्वय र सचेतना कार्यक्रम गर्नका लागि गाविसस्तरीय समितिलाई अनुरोध गर्ने निर्णय भएको छ।

 

बुद्धचित्त लुट्नेलाई डाँका मुद्दा

प्रहरीसमेतको संलग्नतामा बनेपा११, बुडोलमा असार २९ गते ७२ थान बुद्धचित्त माला लुटियो। मेच्छे६ का काँइला लामाको बुद्धचित्त माला लिएर सोही स्थानका राज दोङ टिपरमा चढेर आएका थिए। मंगलटारदेखि नै मोटरसाइकलमा पिछा गर्दै आएका लुटेरामध्ये एक प्रहरी हवल्दारसमेत थिए।

भक्तपुर, कटुन्जे५ घर भई भकुन्डे प्रहरी चौकीमा दरबन्दी रहेका प्रहरी हवल्दार रविन चौगुठीसहित धुलिखेल७ का लोकेन्द्र तोलांगे, राजु लामा, जयकृष्ण श्रेष्ठ र बनेपा नयाँ बस्तीका अजय तामाङलाई प्रहरीले चोरी मुद्दा दायर गरेको छ। घटनामा संलग्न दुईजना फरार भएका छन्।

'प्रहरी भएर सुरक्षा दिनुपर्नेमा उल्टै लुटपाटमा संलग्न भएकाले हवल्दारलाई निलम्बन गरी मुद्दा दायर गरिएको छ, फरार अभियुक्तको खोजी गरिरहेका छौं,' काभ्रेका प्रहरी नायब उपरीक्षक जनकराज भट्टराईले जानकारी दिए।

प्रहरीले १ सय ८ दाना भएको बुद्धचित्त मालाको प्रतिमाला १३ हजार ९८ रुपैयाँ मूल्यांकनका आधारमा ७२ थानको ९ लाख ४३ हजार बिगो दाबी गरेको छ। प्रहरीले जबरजस्ती चोरीको अभियोगपत्र तयार गरे पनि जिल्ला सरकारी वकील कार्यालयले सो घटनालाई डाँकाअन्तर्गत मुद्दा दायर गरिने बताएको छ।नागरिक दैनिकबाट

 

प्रकाशित मिति: 2014-07-23 22:31:06
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing