नेपाल समाचार

सुनकोशी संकट गंभिर मोडमा

८ को मृत्यु,बस्तिनै पुरिएको अनुमान
Admin / 2014-08-02 03:55:51


 सिन्‍धुपाल्‍चोक: सिन्‍धुपाल्‍चोकको माङ्खा र राम्चेको सिमानाबाट पहाड नै खसेर सुनकोशी नदी थुनिएको छ। सुनकोशी संकटबारे बालुवाटारमा विशेष बैठक बसिरहेको छ। प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम लगायतका मन्त्रीहरु सम्मिलित बैठकले सुरक्षा निकायका अधिकारीसँग थुनिएको सुनकोशीको निकासका उपाय र त्यो फुट्दा हुने क्षतिको न्यूनीकरणका उपायबारेमा छलफल भइरहेको छ। बैठकमा सुरक्षा निकायका अधिकारीले नदीको तह धेरै माथि आइसकेकोले नदी खोल्ने काम निकै कठिन रहेको ब्रिफिङ गरेको स्रोतले बतायो।

अहिलेसम्म ८ जनाको शव फेला परेको छ। जसमा एक बालक,तीन पुरुष र चार महिला छन्। तीन दर्जनभन्दा बढी घाइते भएको छन्। केही घाइेतेहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।सत्तरी घर बगाएको अनुमान छ। जुरेस्थित एउटा वस्ती नै पुरिएको र दुई दर्जनभन्दा बढी मानिस बेपत्ता भएको प्रारम्भिक सूचना आएको छ।

दुई किलोमिटरसम्मको क्षेत्रमा पानी जमेको छ। सानिमा हाइड्रोको बाँधसम्म क्षेत्र डुबिसकेको छ। अब थुनिएको नदी बाह्रबिसेतर्फ बगिरहेको छ। बाह्रबिसे डुब्ने खतरा रहेको स्थानीयबासीले बताएका छन् । थुनिएको सुनकोशी फुट्दा आउने बाढीले सप्तकोशी क्षेत्रमा ठूलो विनाश ल्याउने खतरा छ। सप्तकोशी क्षेत्रबाट बस्ती हटाउनका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिइएको छ। कोशी ब्यारेज आसपासको क्षेत्रमा पनि ठूलो सन्त्रास फैलिएको छ।

केन्द्रीय दैवीप्रकोप व्यवस्थापन तथा उद्धार समितिको शनिबार बिहान बसेको बैठकले आसपासको क्षेत्रलाई संकट घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ सुरक्षित ठाउँमा जानका लागि मानिसलाई माइकिङ गरेर सचेत गराइएको छ। बाँध फुटेमा आधा दर्जन जति गाउँ बगाउने खतरा छ।प्रधानमन्त्री सुशील कोइरालाले सुरक्षा अंग तथा सबै सरोकारवाला निकायबीच समन्वय गरेर सावधानीपूर्वक सुरक्षित रुपमा निकास खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएका छन्।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार उद्धारको काम प्रभावकारी रुपमा भइरहको छ।नदी थुनिएर पानीको सतह बढ्दै गएपछि ताल बनेको छ। नदीमा पानी थुनिएपछि आसपासका क्षेत्रका बासिन्दाले घर छोडेर ज्यान जोगाउन डाँडातिर भागिरहेका छन्।केही सम्पर्कमा आउन नसकेको स्थानीयले बताएका छन्।जमिनको सहतबाट पानी खोल्न सम्भव नभएकोले हेलिकप्टरबाट ब्लाष्टिङ गरी पानी खोल्न‍े तयारी भइरहेकाको छ।नदीको निकास खोज्न सेनाका इन्जिनियर र प्राविधिकसहितको टोली विष्फोटक पदार्थ लिएर हेलिकोप्टरमा प्रभावित क्षेत्रमा पुगेको छ। विस्फोट गराएर नदीको निकास खुलाउने तयारी छ।

पहिरो अझै पनि जारी रहेकोले पानी सतह बढ्दै गएको प्रत्यक्षदर्शीले बताएका छन्। नेपाली सेनाको हेलिकोप्टर नदी थुनिएको स्थान निरीक्षण गरेर फर्केको छ। उद्धारका लागि नेपाली सेना, प्रहरीसहितको विशेष टोली खटिएको छ।

अरनि राजमार्ग अवरुद्ध छ। दोलालघाटदेखि उताको यातयात नै ठप्प भएको छ। जोखिमलाई ध्यानमा राखेर मानिसको आगमनमा पनि रोक लगाइएको छ। गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ती जारी गरेर थुनिएको नदी कुनै बेला फुट्नसक्ने भएकोले सुरक्षा र सावधानी अपनाउन सबैमा अपिल गरेको छ। नदीलाई सुरक्षित ढंगले खोल्नका लागि प्रयास भइरहेको जानकारी पनि दिएको छ।

पहिरोले पहाड खस्दा त्यहाँ वरपरका मानिसको भागदौड भइरहेको छ। पहिरोले नदी थुनिएर पानीको सतह बढ्दै गएपछि आसपासका क्षेत्रमा सन्त्रास फैलिएको छ। पहाड खस्दा जुरेबस्ती पुरिएको आशंका गरिएको छ।

प्रकाशित मिति: 2014-08-02 03:55:51
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing