नेपाल समाचार

सुनकोशि थुनिएर बनेको तलाउ अझै घटेन

स-सना पहिरो जानेक्रम जारी
Admin / 2014-08-02 22:54:44


१२ घन्टा सुनकोशी थुनिएर बनेको तलाउ अझै घटेको छैन। स-सना पहिरो जानेक्रम जारी रहेको छ। शनिबार दिउँसो नेपली सेनाले बम विसष्फोट गराएर साविक पानी नदीमा बगाउन सकेको थियो। त्यति नै पानी अहिले पनि बगिरहेको छ। साविक पानी नदीमा बगेपनि जमेको पानीको सतह घटेको छैन।

पहिरो खस्नेक्रम जारी रहेपनि अवरोध भने नगरेको डीएसपी भरत बोहोराले बताए। उनका अनुसार रातभरि अविरल वर्षा भएपनि धमिलो पानी संगलिएको छ। 
त्यस्तै तलाउलाई विस्तारै सुरक्षितरुपमा खोल्न सुरुक्षा निकाय जुटेको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए। उनका अनुसार घटनापछि आसपासका क्षेत्रलाई संकटकाल घोषणा गरिएको छ। नदी किनार आसपासका वस्ती खाली गरिएका छन्। 
पीडित स्थानीय बासिन्दा राजधानी, माथिल्लो भूभाग र आफन्तकहाँ बसेका छन्। कहीले भने आफ्नै घरमा रात कटाएका छन्। ५० जनाले लामोसाँघु जिरीको सडकखण्डस्थित थुनपाखरमा रहेको गैरसरकारी संस्था टुपिसंघमा रात बिताए।
लामोसाँघुस्थित सशस्त्र प्रहरी बेसक्याम्पमा गएराति दुई सय जनालाई खाने व्यवस्था गरिए पनि २० जनामात्र उपस्थित भए। अझै पनि केही प्रभावित कतै जान सकेका छैनन्। उनीहरुले राजधानी पुर्या्उन माग गरेका छन्। सम्भावित खत्रालाई मध्यनगर गर्दै स्थानीय प्रशासनले अरनीको राजमार्गमा कुनै सवारीसाधन चल्न दिएको छैन। 
प्रभावितको मागअनुसार उनीहरुलाई राजधानी पुर्याखउन यातायात ब्यवसायीसँग आग्रह गरिएको प्रजिअ पराजुलीले बताए। उनका अनुसार आइतबार बिहानैदेखि पहिरोमा बेपत्ता भएका भनिएकाहरुको खोजीकार्य सुरु भएको छ। 'पहिरोमा कति घर परेका हुन्। त्यसको यकिन तथ्यांक संकलन गर्ने प्रयास भइरहेको छ। पहिरो पीडितलाई आजै राहत वितरण गरिनेछ,' उनले भने। 

सिन्धुपाल्चोक अन्धकारमय
पहिरोले चार वटा ट्रान्समिसन टावर बगाउँदा विद्युत आपूर्ति ठप्प भएको छ। दुई दिनदेखि सिन्धुपाल्चोक अन्धारमय बनेको छ। यसको प्रभाव मुलुकभरि नै परेको छ। 
सुनकोशी जलविद्युत केन्द्रमार्फत् स्थानीय ५ आयोजनाबाट उत्पादित करिब ६८ मेगावाट विद्युत आसपासका जिल्ला र राजधानीमा समेत आपूर्ति हुन्छ। पहिरोमा परेको ट्रान्समिन टावर ३६ मेगावाटको भोटेकोशी आयोजनाको हो। यही लाइनमार्फत् अन्य योजनाको उत्पादन पनि ल्याइन्थ्यो।
शनिबार बिहान गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। २३ जना घाइते भएका छन्। सयौं मानिस बेपत्ता छन्। घाइतेहरुको उपचार राजधानीको विभिन्न अस्पतालमा भइरहेको छ।
प्रकाशित मिति: 2014-08-02 22:54:44
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing