प्रविधि

अब ईन्टरनेट बिनै मोबाईलमा फेसबुक


एजेन्सीहरु / 2014-08-07 22:09:40


सोसल नेटवर्किङ साइट फेसबुकले मोबाइल प्रयोगकर्ताका लागि यस्तो नयाँ एप सार्वजनिक गरेको छ, जसका माध्यमबाट इन्टरनेट विनै मोबाइलमा फेसबुक चलाउन सकिनेछ । यद्यपि यो एप विश्वभरि नै सार्वजनिक गरिएको होइन । इन्टरनेट डट ओआरजी नामको उक्त एप जाम्बिया देशमा लञ्च गरिएको हो । 

उक्त एपले जाम्बियाका एयरटेल प्रयोगकर्तालाई फेसबुक, मेसेन्जर लगायतका विभिन्न १३ वटा अन्य इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउनेछ । जसमा विकिपेडिया, गुगल सर्च, मौसम, रोजगारी तथा स्वास्थ्य सम्बन्धि सेवा समेत हुनेछ । यद्यपि यसमा इमेल सुविधा भने हुनेछैन र गुगल सर्चबाट देखिएका नतिजा भित्र जान समेत शुल्क लाग्नेछ ।

 इन्टरनेट डट ओआरजीका प्रडक्ट म्यानेजमेन्ट डाइरेक्टर गे रोजेनका अनुसार यो एप एन्ड्रोइड तथा साधारण फिचर मोबाइल फोनमा समेत उपलब्ध हुनेछ । यो सेवालाई भविष्यमा अन्य देशमा पनि विस्तार गरिने बताइएको छ । रोजेनले आफ्नो एक ब्लगमा लेखेका छन, ‘विश्वमा ८५ प्रतिशत भन्दा बढि क्षेत्र मोबाइलको तरंगले छुने क्षेत्रमा परेपनि केवल ३० प्रतिशतले मात्र इन्टरनेटको प्रयोग गर्ने गरेका छन् ।’ फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले यो एप विश्वका सबै मानिसमा सस्तो इन्टरनेट सेवा पूराउने फेसबुकको लक्ष्यको एक हिस्सा भएको बताएका छन् । यो लक्ष्य भेट्टाउनका लागि आफुहरुले गएको वर्षदेखि नै विश्वका मोबाइल अपरेटरहरुको साथमा काम गरिरहेको उनको दाबी छ । जुकरबर्गले गएको वर्ष इन्टरनेट डट ओ आर जी स्थापनाको घोषणा गरेका थिए । एजेन्सीको सहयोगमा 
प्रकाशित मिति: 2014-08-07 22:09:40
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing