खेलकूद

बेलायतमा क्रिकेटलाई सहयोग खोज्दै पारस


Admin / 2014-08-10 05:46:36


लन्डन , श्रावण २५ - निजी भ्रमणमा सुटुक्क लन्डन आइपुगेका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले साता दिनको बेलायत भ्रमणलाई केवल 'होलिडे' मा सिमित राखेनन् । बरु नेपालको क्रिकेट विकासका लागि सम्भाव्य सहयोग जुटाउन व्यस्त रहे उनी ।

बिहीबार साँझ लन्डनस्थित हिथ्रो विमानस्थल उत्रिएका खड्काले इंग्ल्याण्डका विभिन्न क्लब पदाधिकारीसँग भेट गरी सहयोग खोजी गरेका हुन् ।

'बेलायतको विकास र विलासितामा मात्र रमाउनु भन्दा आएको बेला नेपाली खेलाडी र खेल विकासमा सहयोगका लागि पहल गरिरहेको छु', शनिबार अपरान्ह्र कान्तिपुरसँग कुरा गर्दै उनले थपे, 'नेपाली खेलाडीलाई चाहिएको एक्सपोजर बेलायत जस्तो सम्पन्न राष्ट्रले दिन सक्ने भएर म त्यो सम्भाव्यता खोजिरहेको छु ।' इग्ल्याण्डले नेपाली खेलाडीलाई ल्याएर प्रशिक्षण, नामी क्लवसँग टाइ अप र इनिंग खेल्न अवसर दिन सक्ने उनले देखेका छन् । व्यक्तिगत भ्रमण भएकाले भेट भइसकेका र हुने तरखरमा रहेका क्लव पदाधिकारीको नाम भने उनले खुलाउन चाहेनन् ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) विवाद र नेपाल सरकारको वेवास्ता पनि कोट्याउन इच्छुक थिएनन् पारस । 'नेपाल सरकारका प्राथमिकता त अरु छन्', उनको असन्तुष्टि मिश्रति अभिव्यक्ति थियो, 'क्यान र राज्यको मुख मात्र ताकेर बसेको भए त हामी ट्वान्टी-ट्वान्टी वल्र्ड कपमा पुग्ने पनि थिएनौं, न त क्रिकेट विकास कहिल्यै हुन्छ ।'

भौतिक पूर्वाधार र खेलाडीलाई उचित अवसर बेलायत, अष्ट्रेलिया, भारत जस्ता सम्पन्न राष्ट्र र गैर आवासीय नेपालीले दिन सक्ने उनको ठम्याइ छ । 'सिमित श्रोत साधनबीच नेपाली खेलाडीले धन्न विश्वसामु नाम उंचो बनाइरहेका छन्', उनले भने, 'हामीलाई अब मैदानदेखि वातावरण र प्रोत्साहनसम्म जरुरत छ, विवाद होइन ।'

कप्तान खड्का आगामी बुधबार साँझ गैर आवासीय नेपाली संघ बेलायत, युवा समितिको आयोजनामा एउटा च्यारिटी डिनर कार्यक्रममा सामेल हुँदैछन् जुन च्यारिटी खड्काकै पहलमा गठन हुन लागेको क्रिकेट खेलाडीहरुको संघका लागि लक्षित छ । संघ गठन भए खेलाडीहरुको आत्मवल र क्षमता अभिवृद्धिका लागि काम गर्न सकिने विश्वास खड्कामा छ ।

एकजना क्रिकेटप्रेमी युवा प्रशान्त कुँवरको निम्तोमा दोश्रो पटक बेलायत आएका खड्काले शनिबारसाँझ व्यवसायीहरु कुल आचार्य, कृष्ण भट्ट र वीरेन खड्काको संयुक्त पहलमा आयोजित रात्रीभोजमा समेत क्रिकेट विकासकै चिन्ता व्यक्त गरे ।
प्रकाशित मिति: 2014-08-10 05:46:36
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing