बाढी पहिरोमा परि ८५ जनाको ज्यान गएको पुष्टि
Admin / 2014-08-17 03:17:29
नेपाल ब्युरो– भदौ १, काठमाडौँ ।
पछिल्लो समयमा देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परि ८५ जनाको ज्यान गएको पुष्टि भएको छ ।
बाढीपहिरोमा परि १ सय १३ जना बेपत्ता भएका छन् भने ५४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोले ४ सय २९ घरमा क्षति पु¥याएको छ भने ५ हजार २ सय २० घर डुबानमा परेका छन् ।
बाढीपहिरोमा परि सुर्खेतमा २४ बर्दियामा १५ दाङ्गमा १३, जाजरकोट र सल्यानमा चार चार जना ललितपुर, रोल्पा र रुकुममा तीनतीन जना, चितवन र डढेलधुरामा दुईदुई जना तथा कैलाली, धनुषा, सिन्धुली, सर्लाही उदयपुर कालिकोट र नवलपरासीमा एक एक जनाको शव भेटिएको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोले सुर्खेतमा सबैभन्दा बढि क्षति पुर्याएको छ । गृह मन्त्रालयले सुर्खेतमा २४ जनाको शव भेटिएको बताएपनि सुर्खेतका प्रहरी उपरिक्षक प्रकाश अधिकारीले २६ जनाको ज्यान गएको र सय भन्दा बढि बेपत्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार १४ सय भन्दा बढि घरमा बाढी पहिरोले क्षति र्पुयाएको छ ।
बर्दियामा शनिबार थप १० जनाको शव भेटिएको छ । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाली सेनाका २ जना सहित बर्दियामा अझै १५ जना अझै सम्पर्कविहिन भएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-08-17 03:17:29
प्रतिक्रिया: