नेपालले बहराइनसामु २३४ रनको लक्ष्य प्रस्तुत गर्यो
Admin / 2014-08-18 03:21:24
नेपाल ब्युरो–भदौ २, काठमाडौ ।
नेपालले बहराइनसामु २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियमा जारी एसीसी यु १६ प्रिमियर लिग क्रिकेटमा नेपालले बहराइनसामु उक्त रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सिलांगोर टर्फ क्लबमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २३३ रन बनायो । नेपालका लागि प्रनित थापाले अविजित ७० रनको योगदान दिए । रवि चन्दले ३३ रन जोडे ।
२ सय ३४ रनको लक्ष्यसहित बहराइनले अहिले जवाफि व्याटिङ गरिरहेको छ । जारी खेलको ताजा अबस्थामा .....
यसअघि तीन ओटै खेल जितिसकेको नेपालले आजको खेलमा पनि जित हात पार्ने मनोवलका साथ मैदानमा उत्रिएको छ । हिजो भएको खेलमा नेपालले ओमनलाई १ सय २ रनले पराजित गरेको हो । तीन वटै खेल जितेको नेपाल अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । आजको खेलमा नेपालले बहराइनलाई र सिंगापुरले मलेसियालाई हराएमा नेपालले उपाधि जिल्ते सम्भावना एक म्याच अघि नै लगभग पक्का हुन्छ । यसअघिको पहिलो खेलमा थाइल्याण्डमा १० विकेट र दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो ।
प्रकाशित मिति: 2014-08-18 03:21:24
प्रतिक्रिया: