‘निशानी’को प्रचारमा प्रशान्त तामाङ व्यस्त
Admin / 2014-08-18 04:52:05
नेपाल ब्युरो– भदौ २, काठमाडौँ ।
‘तेस्रो ईन्डियन आइडियल’बनेका प्रशान्त तामाङ अहिले आफुद्धारा अभिनित उनको नयाँ चलचित्र ‘निशानी’को प्रचारमा व्यस्त देखिएका छन् ।
उनी गाएक मात्र नभई एक कुशल नायक पनि हुन् ।
उनले धरानमा सिनेमाको निर्माणपक्षले आयोजना गरेको एक सांकृतिक कार्यक्रममा आफ्नो चचिर्त गीतहरु गाएर सबैलाई मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा प्रशान्तले ‘निशानी’को साथसाथै अरु थुप्रै हिन्दी गीत गाएर त्यहाँ उपस्थित सबै दर्शकलाई मनोरञ्जन गराए ।
‘निशानी’का निर्माता र कलाकार प्रेम सुब्बाले धरान लाहुरेको शहर भएको र आफ्नो फिल्मले यस्तै खालको कथावस्तु बोकेको हुनाले सबैलाई फिल्म हेर्न आग्रह गरेका थिए ।
आफु अभिनित सिनेमा हेरेर प्रतिक्रिया दिन प्रशान्त तमाङले आग्रह गरेका छन् । यो सिनेमा भदौ २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
प्रकाशित मिति: 2014-08-18 04:52:05
प्रतिक्रिया: