इबोलाका संक्रमित भारतको नयाँ दिल्लीमा भेटियो
Admin / 2014-08-18 05:47:15
नेपाल ब्युरो– भदौ २,एजेन्सी ।
अफ्रीकामा अहिले महामारीको रुपमा फैलिएको रोग इबोलाको संक्रमित भारतमा भेटिएको छ ।
महामारीको रुपमा फैलिएको यो प्राणघातक रोग इबोलाका संक्रमित भारतको नयाँ दिल्लीमा फेला परेको हो ।
नाइजेरियाबाट भारत भ्रमणका लागि आएका तीन यात्रुमध्य ७६ वर्षीय एक पुरुषमा इबोला रोगको जिवाणु भेटिएको हो ।
भारतको इन्दिरा गान्धी अन्तराट्रिय विमानस्थलमा प्रारम्भिक स्वास्थ्य परीक्षण र राम मनोहर लोनिया अस्पतालमा थप परीक्षण गर्दा एक जनाको संक्रमण भेटिएको हो ।
संक्रमणबारे थप पुष्टि गर्नका लागि पुणेस्थित नेशनल बायलोजी इन्स्टिच्युटमा पु¥याइएको छ । भारत सरकारले इबोला भाइरसको सम्भावित संक्रमण र सावधानीका लागि राम मनोहर लोहिया अस्पतालमा ६ बेडको आइसियु स्थापना समेत गरेकोे छ ।
सन् २०१३ मा अफ्रिकी मुलुक गिनीबाट सुरु भएको इबोलाको संक्रमण पछिल्लो समय गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरिया सहितअधिकांश अफ्रिकी मुलुकहरुमा फैलिएको छ ।
इबोलाको फैलदो संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा समेत गरिसकेको छ ।
योसंगै खुला सिमानाका कारण नेपालमा पनि ईबोला भित्रिने खतरा बढेको छ । सरकारले अन्तराष्ट्रिय विमानस्थलमा ईबोला परिक्षणका लागि हेल्थ डेस्क स्थापना गरेपनि नेपाल भारत नाकामा भने यस सम्बन्धी कुनै प्रयास गरिएको छैन ।
केही समयअघि सम्म इबोला रोगका कारण एक हजारभन्दा बढिको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: 2014-08-18 05:47:15
प्रतिक्रिया: