गर्भावस्थाबारे रमाइलो केहि तथ्यहरु
Admin / 2014-08-19 05:47:09
नेपाल ब्युरो– भदौ ३, काठमाडौ ।महिलाहरुले अनुभव गर्ने गर्भावस्था खास अवस्था हो । त्यो अवस्था उनिहरुको लागी एकदमै खुसी र सुन्दर अवस्था पनि हो ।
नेपालजस्ता अरु देशहरुमा सुरक्षित मातृत्व र प्रसुती शिक्षा सुरु भएको धेरै समय भएको छैन ।
हाम्रो देश नेपालमा महिलाले विवाह गरेपछि जन्मने बच्चाले मात्रै आफुले पाउनुपर्ने संस्कार पाउँछ ।
यस्तै अहिले गर्भावस्थाबारे थुप्र रमाइलो केहि तथ्यहरु विश्वमा फेला परेका छन् ।
त्यस्ता तथ्यहरु यस प्रकार छन् ।
– गर्भधारण भएकामध्ये २० प्रतिशत गर्वपतन हुने गरेको छ ।
– अमेरिकामा ५ लाख शिशुहरु किशोरी आमाबाट जन्मने गर्छन् भने हरेक बर्ष कुल महिलाको ४ प्रतिशत अर्थात ६० लाख महिला गर्भवती हुने गरेको एक अध्यनले देखाएको छ ।
–.धेरै जसो जुम्ल्याहा नाइजेरियामा जन्मने गरेका छन् । लगभग ३ प्रतिशत महिलाले जुम्ल्याहा शिशुहरु जन्माउने गरेका छन् ।
–सन् २००९ को जनवरीमा ६ छोरा २ छोरी गरेर ८ वटा अमेरिका क्यालिफोनिर्याकी नाड्या सुलेमानले आइभिएफ प्रविधिबाट बच्चा जन्माइकी थिइन् ।
–गर्भधारणको समय सामान्य रुपमा २८० दिनको हुन्छ तर अहिलेसम्मकै सवैभन्दा लामो आलको गर्वधारण ३७५ दिनको रहेका टाइम्स पत्रिकाले देखाएको छ ।सो अबधी पार गरी जन्मेको बच्चा ६ पाउन्ड १२ औंसको थियो ।
–.सन् १९९६ यतामात्रै ४६ प्रतिशत शिशु शल्यक्रिया विधीबाट जन्मिएका छन् । अमेरिकामा तिन शिशुमध्य एउटा शिशुको जन्म शल्ःयक्रिया विधीबाट हुने गर्छ ।
प्रकाशित मिति: 2014-08-19 05:47:09
प्रतिक्रिया: