अमेरिकी विमानलाइ सिरियाको आकासमाथिबाट उडान गर्न प्रतिबन्ध
Admin / 2014-08-19 09:05:32
नेपाल ब्युरो– भदौ ३, एजेन्सी ।
ए एफ ए ले अमेरिकी विमानलाई सिरियाको आकाशमाथिबाट उडान गर्न प्रतिबन्ध लगाएको छ ।
हवाई उडान र नागरिक उड्डयन सुरक्षा नियमनकारी निकाय फेड्रल एभिएसन् एडमिनिस्टेसन (एफ ए ए) ले सवै अमेरिकी विमानलाई सिरियाको आकासमाथिबाट उडान गर्न प्रतिबन्ध लगाएको हो ।
गत सोमबार यस सम्बन्धी सूचना प्रकाशन गर्दै अतिआवश्यक परेको खण्डमा मात्र एफ ए एको पूर्व स्विकृति लिई उडान भर्नु पर्ने गरी जारी गरिएको पूर्व सूचनालाई प्रतिस्थापन गरेको छ ।
अव कुनै पनि अमेरिकी विमान सिरियाली आकास क्षेत्रबाट उडाउन पाउने छैनन् । सिरियाका अतिवादी सशस्त्र विद्रोही संगठनसँग विमान खसाल्ने अति आधुनिक क्षेप्यास्त्र रहेको र सो संगठनले हिजो मात्र एउटा सिरियाली सैनिक विमानलाई सफलता पूर्वक प्रहार गरेकाले सो सूचना जारी गरिएको जनाइएको छ ।
यस महिनाको सुरुमै एफ ए एले इराकमाथिको आकाशबाट उडान सवै अमेरिकी तथा अन्य देशका यात्रुवाहक विमानलाई प्रतिबन्ध लगाएको थियो ।
प्रकाशित मिति: 2014-08-19 09:05:32
प्रतिक्रिया: