एक अमेरिकी नागरिक मृत अवस्थामा फेला
Admin / 2014-08-21 08:06:04
नेपाल ब्युरो– भदौ ६, बाँके ।
पुर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको परुवा खोलाको पुल छेउमा एक नागरिक मृत अवस्थामा फेला परेका छन् ।
८२ वर्षीय जोसेफ ईडवर्ड उइलर नाम गरेका एक अमेरिकी नागरिक मृत अवस्थामा फेला परेको बाँके जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
उनको शव एकसाता अघि बाढीले भास्सिएको पुल छेउमा फेला परेकाले उनको मृत्यु बाढीले बगाएर भएको हुनस सक्ने शकां गरिएको छ ।
उनी गएको बुधबार काठमाडौंबाट ना ५ ख १८१८ नम्बरको बसमा महेन्द्रनगरका लागि हिडेको उनको शव विहान स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको खुलेको छ ।
उनि चढेको बस राति करिब ३ बजेतिर समशेरगन्ज पुगेर खोला तर्ने क्रममा चिप्लिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: 2014-08-21 08:06:04
प्रतिक्रिया: