नेयमार फेरी घाइते
Admin / 2014-08-23 07:54:31
नेपाल ब्युरो– भदौ ७, एजेन्सी ।
घरेलु भूमिमा भएको २०औ संस्करणको विश्वकप दौरान गम्भीर रुपमा घाइते भएका ब्राजीलका खेलाडी नेयमार पुन घाइते भएका छन् ।
उनि स्पेनिस क्लब बासिर्लोनाका स्टार खेलाडी हुन् ।
नेयमार पुन घाइते भएको उनको क्लब बासिर्लोनाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । विश्वकपमा कोलम्बियाविरुद्धको खेलमा उनको मेरुदण्डको हड्डी भाँचिएको थियो । अभ्यास खेलका क्रममा बिहिबार उनी घाइते भएका हुन् । घाइतेपछि ला–लिगाको पहिलो खेलमा उनी खेल्ने सम्भावना कमजोर भएको बासिर्लोनाले जनाएको छ ।
नेयमारले अभ्यासका क्रममा देब्रे खुट्टाको गोली गाँठोमा चोट बोकेका छन् । मेडिकल रिपोर्टपछि मात्र उनको चोटको स्थितिबारे पत्ता लाग्ने क्लबले जनाएको छ ।
विश्वकप खेलमा घाइते भएका नेमार भर्खरै मात्र मैदानमा फकिर्एका थिए ।
प्रकाशित मिति: 2014-08-23 07:54:31
प्रतिक्रिया: