कवि मोतीराम भट्टको आज १४९औं जन्मजयन्ती
Admin / 2014-08-25 03:37:37
नेपाल ब्युरो– भदौ ९, काठमाडौ ।
राष्ट्रिय विभूति युवक कवि मोतीराम भट्टको १४९ औं जन्मजयन्ती आज मनाइदैछ ।
उनको जन्मजयन्तीको अवसर पारेर नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण औंसीका दिनमा जन्मेका मोतीरामको विसं १९५३ भाद्र कृष्ण औंसीकै दिनमा अल्पायुमै निधन भएको थियो । नेपाली साहित्यको श्रीवृद्धिमा युवाकवि मोतीरामको योगदान महत्वपूर्ण रहेको छ ।
आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका मोतीरामले नेपालमा छापाखानासमेत भित्र्याएका थिए । नेपाली साहित्यमा शृङ्गार रसलाई उपयोग गरी साहित्यिक रचनामा योगदान पु¥याएका मोतीरामले नेपाली गजल साहित्यको श्रीवृद्धिमा समेत विशेष भूमिका खेलेका थिए ।
मोतीरामका गजल र ‘पिकदूत’ अनुवाद ग्रन्थ विशेष उल्लेखनीय साहित्यिक कृतिका रुपमा छन् ।
प्रकाशित मिति: 2014-08-25 03:37:37
प्रतिक्रिया: