-अर्जुन पाख्रिन
काठमाडौं, भदौं ८।
तामाङ सञ्चार समूह काठमाडौं शाखाले ‘फोटो आफै बोल्छ’ भन्ने नारा सहित सञ्चालन गरेको फोटो पत्रकारिता
सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । विगत ३५ वर्ष देखि फोटो ग्राफि गर्दै आएका
फोटो पत्रकार मणि लामाले प्रशिक्षण दिएका थिए ।
२० औं तामाङ प्रशारण दिवसको अवसर पारेर भदौ ६ देखि ८ गतेसम्म तालिम सञ्चालन गरिएको थियो । तालिममा २० जना प्रशिक्षार्थीहरुले भाग लिएको शाखाका अध्यक्ष युनिकरक्ष ग्लानले जानकारी दिए ।
तालिमको समापन समारोहमा धादिङ जिल्लाका स्थानीय विकास अधिकारी तथा तामाङ सञ्चार समूहका पूर्व अध्यक्ष रूद्रसिं तामाङले प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरेका थिए । समारोहमा प्रमुख प्रशिक्षक मणि लामालाई सम्मान–पत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी तामाङले फोटोग्राफी अहिलेको चर्चाको विषय भएको र व्यवसायिक हुँदै गएको बताए । उनले फोटो पत्रकारिता नेपालमा पनि व्यवसायिक भइसकेकाले यो पेशामा युवा पुस्ताको आकर्षण बढेको बताए ।
प्रमुख प्रशिक्षक लामाले फोटो पत्रकारिताको
इतिहास लामो भएता पनि नेपालमा राणा शासन पछि रोचक र सोखको विषयले फोटो ग्राफिले फट्को
लिएको बताए । फोटो सम्बन्धी नयाँ नयाँ प्रविधि आएता पनि मानव रुचि र नयाँ नौलो दिनु
सक्नु पर्ने बताए । उनले व्यवसायिक फोटो पत्रकार बन्नका लागि धैर्यता आवश्यक रहेको
बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजु लामाले नेपालको पत्रकारितामा फोटो पत्रकारिताको धार फरक भएको बताए । उनले नेपाल सरकारले विभिन्न विद्यामा पत्रकारिताकै विषयमा तालिम दिनको लागि केन्द्रीय तालिम केन्द्र बनाउन बजेट छुटएको जानकारी दिए ।
तालिम पश्चात २० जना फोटो ग्राफि लिएका प्रशिक्षार्थीहरुले खिचिएको उत्कृष्ट ५ ५ वटा फोटो प्रदर्शन गरिएको थियो ।
काठमाडौं शाखाका अध्यक्ष ग्लानले छोटो अवधीको तालिममा उत्साहजनक सहभागिता भएकोमा खुशी व्यक्त गरे । उनले चाँडै नै एड्भान्स फोटो ग्राफि तालिम सञ्चालन गरिने र उत्कृष्ट फोटाहरु प्रदर्शन गरिने जानकारी दिए ।