संविधानसभा भित्रैबाट सबै समस्याहरुको समाधान खोज्नुपर्छ : सिंह
Admin / 2014-08-26 04:38:42
नेपाल ब्युरो– भदौ १०, काठमाडौ ।
उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभा बाहिरबाट नभई भित्रैबाट सबै समस्याहरुको समाधान खोजिनुपर्ने बताउँनुभएको छ ।
उहाँले उच्च स्तरीय राजनीतिक समितिको गठनले संविधानसभा ओझेलमा पर्ने भएकाले समिति गठनको पक्षमा कांग्रेस नरहेको बताउनुभयो ।
मंगलादेवी सिंहो १९ औं स्मृति दिवसको अवसरमा नेपाल महिला संघले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले संविधानसभाको भूमिका कमजोर पार्ने वा संविधानसभालाई वाईपास गर्ने काम गर्न नहुने उल्लेख गर्नुभयो ।
उहाँले कांग्रेस र एमालेको संविधानसभाबाटै सबै विषय टुंग्याउने सामान धारणा रहेकाले समितिको पक्षमा नरहेको जिकीर गर्नु भयो । उहाले समिति गठनका लागि एमाओवादीले आन्दोलनै गर्ने कुरामा आफू विश्वस्त नरहेको भन्दै जिम्मेवार पार्टी वार्ता र सम्वादबाट नभाग्ने उल्लेख गर्नु भयो ।
उहँले सरकारको नेतृत्व गरिरहेको र सबैभन्दा ठूलो दलको हैसियतमा रहेको कांग्रेस सबै दलसंग वार्ता, सम्वाद र सहमतिबाटै निर्धारित मितिमा संविधान लयाउने पक्षमा काम गरिरहेको दावी थियो ।
समिति गठनको चक्करले संविधान निर्माणको कार्यतालिका प्रभावित हुने तर्फ पनि सबै दल सतर्क हुनुपर्ने उहाँको भनाई थियो ।
प्रकाशित मिति: 2014-08-26 04:38:42
प्रतिक्रिया: