म्यानचेष्टरको अप्रत्यासित हार
Admin / 2014-08-27 03:23:47
नेपाल ब्युरो– भदौ ११, एजेन्सी ।
म्यानचेष्टर युनाइटेडले गय राति भएको खेलमा अप्रत्यासित हार व्यहारेको छ ।
लिग वान कप फुटबलमा म्यानचेष्टर युनाइटेड एमके डन्ससँग ४–० ले पराजित भएको हो ।
विल ग्रिगले २५ औं मिनेटमा गरेको गोलको मदतमा पहिलो हाफमा १–० को अग्रता लिएको डन्सले दोस्रो हाफमा तीन गोल थप्यो । ६३ औं मिनेटमा ग्रिगले व्यक्तिगत दोस्रो गोल गरे भने बेनिक अफओबीले ७० र ८४ औं मिनेटमा गोल गरे ।
२००४ मा स्थापना भएको डन्सविरुद्ध चार पटकको विजेता एवं प्रिमियर लिगको जाइन्ट म्यानचेष्टर युनाइटेडले ७२ मिनेटसम्म एक पटक पनि सही दिशामा पोष्ट चार्ज गर्न सकेन ।
गत सिजन प्रिमियर लिगको सातौं स्थानमा रहेका कारण युनाइटेडले यो सिजन युरोपियन प्रतियोगिता गुमाएको छ ।
अब एफए कप र प्रिमियर लिग बाँकी छ । तर, पहिलो खेलमा स्वान्सीसँग पराजित भएको युनाइटेड प्रिमियर लिगको दोस्रो खेलमा सण्डरल्याण्डसँग बराबरीमा रोकिएको छ ।
प्रकाशित मिति: 2014-08-27 03:23:47
प्रतिक्रिया: