पश्चिम नेपालका थारु समुदायले अट्वारी पर्व आज मनाउँदै
Admin / 2014-08-31 04:17:16
नेपाल ब्युरो– भदौ १५, काठमाडौ ।
पश्चिम नेपालका थारु समुदायले अट्वारी पर्व आज मनाउँदैछन् ।
उक्त समुदायले निकै आस्था र विश्वास साथ आज धुमधामसँग यो पर्व मनाउँदै छन् ।
अघिल्लो साँझ दर खाएका थारु समुदायले आज दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ्ग, कैलाली कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्दछन् । थारु समुदायको यो प्रमुख पर्व मध्येको एक हो ।
आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ । अट्वारीमा रोटी काक्रा, दही, केरा, वेलौटीका अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयक्त तरकारी, भातको फरहार गरिन्छ ।
फरहार गरिसकेपछि आफना चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ । अट्वारी पर्वलाई आफना चेलीवेटीलाई सम्मान तथा दाजुभाई र ददीबहिनीबीच एक आपासमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा लिइन्छ । अट्वारी थारु जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ ।
प्रकाशित मिति: 2014-08-31 04:17:16
प्रतिक्रिया: