काठमाडौं : भारतीय व्यापारी अन्जनीकुमार
चाचानसहित चार जनाको हत्या गरेर भारतको मुम्बईमा लुकिरहेका सुटर निरज केसीलाई प्रहरीले
पक्राउ गरेको छ।महानगरीय प्रहरी अपराध महाशाखाका केसीले सुरज डंगोल, राजु डंगोल र अशोक गोलेसँग मिलेर २०६५ सालदेखि
उपत्यकामा संगठित आपराधिक गिरोह चलाएका थिए।
अशोक, राजु र सुरज यस अगाडिनै पक्राउ परे पनि केसी भने भागेर मुम्बई पुगेका थिए। महाशाखाका प्रमुख पुष्कर कार्कीका अनुसार केसी समूहले २०६७ कात्तिक १७ मा ठमेलमा बौद्ध भिक्षु निमा लामालाई गोली प्रहार गरी १० लाख लुटपाट गरेका थिए।
सोही समूहले २०६६ मा बाफलमा एक व्यापारीलाई
धारिलो हतियार देखाई नियन्त्रणमा लिई उनको साथमा रहेको पाँच लाख लुटपाट गरेको महाशाखाले
सार्वजनिक गरे पनि ब्यापारीको नाम खुलाएको छैन।
२०६७ चैत १० गते टेकुमा एक्साइड व्याट्री शोरुममा गोली हानेर प्रेमकृष्ण
महर्जन, सुदिप बस्याल घाइते भएकोमा महर्जनको मृत्यु
भएको थियो।
२०६७ चैत २७ गणबहालमा रहेको एभी इन्टरप्राइजका सञ्चालक भारतीय नागरिक
अन्जनी चाचनलाई उनकै पसलमा गोली प्रहार गरी सोही समूहले हत्या गरेको थियो।