संसदीय सुनुवाइ समितिको बैठक आज पनि जारी
Admin / 2014-05-24 03:49:23
नेपाल ब्युरो–जेठ १०, काठमाण्डौं ।
संसदिय सुनुवाई विशेष समितिमा आज पनि सर्वोच्च अदालतका स्थायी न्यायाधिसका लागि सिफारिस भएकाहरुसँग सुनुवाइ जारी रहने भएको छ ।
आज दिउँसो २ बजे बस्ने समितिको बैठकले न्यायाधिस दिपकराज जोशीसँग सुनुवाइ गर्ने भएको हो । समय भएमा अर्का एकजनालाई पनि बोलाउन सकिने समिति सदस्य अष्ट लक्ष्मी शाक्यले जानकारी दिनुभयो । यसअघि हिजो संसदिय सुनुवाई समितिमा गोपाल पराजुली र वैद्यनाथ उपाध्यायसँग छलफल गरिसकेको छ । संसदिय सुनुवाइका लागि ३५ दिनको म्याद रहेकाले मंगलबारसम्म समितिले सुनुवाई गरिसक्नु पर्ने हुन्छ ।
त्यसैले मंगलबार अघि नै सबै न्यायाधिससँग सुनुवाई सक्ने गरी तयारी भएको संसद सचिवालयले जनाएको छ । सिफारिस भएका न्यायाधिसलाई सर्वोच्चमा नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा सभासदहरुबीचमा छलफल भएपनि निष्कर्ष निस्कन नसकेपछि न्यायधिससँगै छलफल गरेर निष्कर्षमा पुग्ने तयारी स्वरुप उहाँहरुको राय बुझ्न समितिले पहल गरेको हो । सिफारिस भएका व्यक्तिका विषयमा मंगबारसम्ममा कुनै पनि निर्णय नभए उनीहरु स्वतः सर्वोच्चको न्याधिसमा नियुक्त हुन सक्ने कानुनी व्यवस्था छ । तर निर्णय बदर गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
प्रकाशित मिति: 2014-05-24 03:49:23
प्रतिक्रिया: