पार्टीभित्र भएको बहसले नयाँ शक्ति दिने : दाहाल
Admin / 2014-06-12 05:27:54
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र जारी बहसले नयाँ शक्ति दिने दावी गर्नुभएको छ ।
बिगतदेखि नै पार्टीभित्रको बहसले समय अनुसार पाटी परिवर्तन हुँदै आएको भन्दै उहाँले अहिलेको बहस विवाद नभई बहस मात्र भएको जिकीर गर्नुभयो ।
आजदेखि पोखरामा शुरु पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम उद्घाटनका लागि नेतृत्व तहका सबै नेतासहित पोखरा पुग्नुभएका दाहालले पार्टी पुननिर्माणको प्रक्रिया चलिरहेको समेत जानकारी गराउनुभयो ।
बाहिर देखिएजस्तो झगडा पार्टीभित्र नरहेको स्पष्ट पार्दै मूल लाइनमा कसैको विमति नरहेको दाहालको भनाई थियो । नेपाली क्रान्तिको सफलता र विचारको विकासका निम्ति पार्टीको पुननिर्माण आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
यस्तै एकीकृत माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीभित्र चलेको बहस र छलफल युगान्तकारी परिवर्तनको आवश्यकता भएको बताउनुभयो ।
प्रकाशित मिति: 2014-06-12 05:27:54
प्रतिक्रिया: