बिश्वकप जर्मनको पोल्टामा
एजेन्सीहरु / 2014-07-13 18:24:15
काठमाडौं, असार ३०– अतिरिक्त समयमा दक्षिणी अमेरिकी राष्ट्र अर्जेन्टिनालाई हराउँदै युरोपेली राष्ट्र जर्मनी विश्व च्याम्पियन बनेको छ ।
सोमबार बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १ –० ले हराउँदै जर्मनी विश्व च्याम्पियन बनेको हो ।
जर्मनीको लागि अतिरिक्त समयको अन्त्यतिर मारियो गोटेजले गोल गरे । उनले अतिरिक्त समयको २३ औं मिनेटमा डिबक्स एसियाबाट प्रहार गरेको सटिक प्रहारलाई गोलमा परिणत गरे ।
पहिलो गोल खाएसँगै निराश बनेको अर्जेन्टिना गोल फर्काउने प्रयास गरेपनि सफल भएन र मारियोकै गोल निर्णायक बन्न पुग्यो ।
निकै प्रतिश्पर्धात्मक बनेको खेलमा निर्धारित ९० मिनेटमा दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त पुगेको थियो ।
यसअघि अर्जेन्टिनाले गोलको केहि अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । हारसँगै तेस्रोपटक विश्वकप जित्ने स्टार खेलाडी मेसी नेतृत्वको अर्जेन्टिनाको सपना चकनाचुर भएको छ । सन् १९७८ र ८६ को पूर्वविजेता अर्जेन्टिना जर्मनीलाई पाखा लगाउअँदै ह्याट्रिक गर्ने दाउमा थियो ।
यता जर्मनी भने सन् १९५४, १९७४ र १९९० को समेत विजेता हो ।
मेसीले पाए गोल्डेन बल
यसैबीच अर्जेन्टिनी कप्तान मेसीले गोल्डेन बल पाएका छन् । यस्तै चालू विश्वकपमा ६ गोल गरेका कोलम्बियाका रोड्रिगेजले गोल्डेन बल पाए ।
प्रकाशित मिति: 2014-07-13 18:24:15
प्रतिक्रिया: