अर्थ

विदेशबाट के ल्याउन पाईन्छ के पाईदैन ?


Admin / 2014-05-14 02:06:03


नेपाल व्युरो-  वैशाख ३१, काठमाडौ । यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनका सम्बन्धमा न‌याँ व्यवस्था गरेको छ। यस अन्तर्गत अब वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको ३० इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ।

 पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिनेछ। यस्तो सुविधा एक पटकका लागि मात्र दिइनेछ। त्योभन्दा ठूलो टिभी वा वैदेशिक रोजगारमा नगएकाहरुले ल्याएको टिभीमा कति कर लाग्छ त रु

एलसिडी, प्लाज्मा वा एलइडी टिभी हो भने भन्सार महसुल, अन्तःशुल्क, भ्याट नलगाई निम्न अनुसारको एकमुष्ट रकम भन्सार महसुल वापत असुल गरिन्छ ।

२२ इञ्चसम्मको( प्रति इञ्च १५० रुपियाँ
२३ देखि २९ इञ्चसम्मको ( प्रति इञ्च २५० रुपियाँ
३० देखि ३२ इञ्चसम्मको( प्रति इञ्च ४०० रुपियाँ
३३ देखि ३९ इञ्चसम्मको(  प्रति इञ्च ५०० रुपियाँ
४० देखि ४९ इञ्चसम्मको ( प्रति इञ्च ५५० रुपियाँ
५० र सोभन्दा माथिको(  प्रति इञ्च १२०० रुपियाँ

यो दर छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। ६ महिना वा त्योभन्दा कम विदेशमा बसी फर्कनेले ल्याएको टिभीमा माथिको शुल्कमा प्रति इञ्च ५० रुपियाँ थप हुन्छ।

मानौँ तपाईँले ३२ इञ्चको टिभी ल्याउनु भयो र तपाईँ विदेशमा छ महिनाभन्दा बढी बसेर फर्कनुभएको छ भने तपाईँले कूल ४००ह्३२। १२ हजार ८ सय तिर्नुपर्‍यो। छ महिना वा त्योभन्दा कम विदेश बसेर फर्कनुभएको छ भने १४ हजार ४ सय तिर्नुपर्‍ंयो।

त्यसैगरी ६० इञ्चको ठूलो टिभी ल्याउनुभएको छ भने छ महिनाभन्दा बढी बस्नेले ६०८ १२०० । ७२ हजार शुल्क तिर्नुपर्‍यो। छ महिनासम्म विदेश बसेकाले भने ७५ हजार तिर्नुपर्‍यो।

नेपालमै चाहिँ यस्ता टिभीको भाउ कति पर्छ रु भाटभटेनी अनलाइनमा चेक गर्नुस्।

अरु के के ल्याउन पाइन्छ रु
सरकारले २०६५ कात्तिक १ मा राजपत्रमा सूचना प्रकाशित गरे अनुसार यस्तो सामानलाई भन्सार लाग्दैन

बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः

१ नेपालमा स्थायी बसोबास गर्ने नेपाली
नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै
मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः

क लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
ख औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
ग शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
घ सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय
ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको
गहना गुरिया,
ङ घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक
थान,
च बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
छ पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
९ जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद
सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको
सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु०।
ज चार किलोग्रामसम्म खाद्य परिकार।
झ मदिरा १।१५ लिटरसम्मको बोतल एक।

तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड झ मा
उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले
माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था,
परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार
कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड झ मा उल्लिखित
मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।

क भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ
महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा
ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।

ख विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु
हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट
हुनेछ।

ग विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई
उपदफा ९२० बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको
सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई
जाँचपास गर्न सकिनेछ।

घ विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई
तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी ९गरगहना
समेत० लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।

ङ चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम
लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा
वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार
महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न
सकिनेछ।

च कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित
भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका
सामानहरु ९सवारी साधन बाहेक० स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल
छुट हुनेछ।

छ भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश
फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजार
रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु ९सवारी साधन, हात
हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक० ल्याएमा
सम्पूर्ण महसुल छुट हुनेछ।

ज सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश
ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक
थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान
दिइनेछ ।

प्रकाशित मिति: 2014-05-14 02:06:03
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing