नेपाल समाचार

नेपालको जलस्रोत कब्जा गर्ने भारतको कुनियत

भारतिय कम्पनिले मात्र लगानी गर्न पाउनु पर्न्े प्रस्ताव
Admin / 2014-07-18 23:20:15


काठमाडौं : 'जलविद्युत् विकास' का नाममा भारतले नेपालको जलस्रोतमा आफ्नो नियन्त्रण कायम राख्‍ने गरी विवादास्पद प्रस्ताव पठाएको छ। भारतीय प्रस्तावउपर ऊर्जा मन्त्रालयले गम्भीर अध्ययन सुरु गरेको छ।

सन् २०१० मा नेपालले पठाएको 'ऊर्जा व्यापार सम्झौता' को मस्यौदालाई पूर्ण रूपमा बेवास्ता गरी भारतले एकलौटी ढंगले नेपालको जलस्रोत कब्जा गर्ने गरी प्रस्ताव गरेको पूर्वजलस्रोतमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीले बताए। उनी अघिल्लो साता पूर्वजलस्रोतमन्त्रीहरूलाई डाकी मन्त्रालयले गरेको प्रस्तुतीकरणमा सहभागी थिए।

ज्ञवालीका अनुसार प्रस्तुतिका क्रममा भारतीय प्रस्तावको बुँदा नम्बर ३ र ३ 'ए' मात्र देखाइएको थियो। उक्त बुँदामा भारतले आफ्नो देशका कम्पनीहरूले मात्र नेपालको जलविद्युत् विकास गर्न पाउने, नेपालले चाहेमा भारतीय अनुमतिमा संयुक्त उपक्रममा सहभागी हुन पाउने र अन्य तेस्रो विदेशी कम्पनी सहभागी हुन नपाउने उल्लेख छ।

भारतले चाहेको कम्पनीले मात्र नेपालको जलविद्युत्मा लगानी गर्न पाउने प्रावधान पढेपछि छलफलमा सहभागी पूर्वजलस्रोतमन्त्री लक्ष्मणप्रसाद घिमिरेले 'यो नेपालको अपमान हो' भनेका थिए। स्रोतका अनुसार भारतीय प्रस्तावबारे परराष्ट्र मन्त्रालय अनभिज्ञ छ। ऊर्जा मन्त्रालयले भारतीय प्रस्तावसम्बन्धमा अन्य मन्त्रालयलाई जानकारी गराएको छैन

नेपालले सन् २०१० मा भारतलाई पठाएको ऊर्जा व्यापार सम्झौताको मस्यौदामा नेपाल, भारतसहित अन्य देशका कम्पनीले निर्माण गरेका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतमा निर्वाध प्रसारण तथा व्यापार हुन पाउनुपर्ने प्रावधान राखिएको थियो। जलविद्युत्मा ठूलो धनराशि लगानी हुने भएकाले कम्पनीले बजारको ग्यारेन्टी खोज्ने गर्छन्।

'नेपालले पठाएको मस्यौदा प्रस्तावको औपचारिकताका लागि कुनै सम्बोधनसमेत छैन', ज्ञवालीले भने, 'भारतीय प्रस्तावमा आपसी लाभको सिद्धान्तले नभई भुटानी मोडेल लाद्न खोजेको देखिन्छ।'

ऊर्जामन्त्री राधा ज्ञवालीले नेपालले सन् २०१० मै पठाएको मस्यौदाको भारतले 'रेस्पोन्स' गरेको दाबी गर्दै जलस्रोत विकास नभई 'विद्युत् व्यापार सम्झौता' को प्रस्ताव आएको बताइन्। 'जलस्रोत होइन, जलविद्युत्लाई वस्तुका रूपमा कारोबार गर्नका लागि प्रस्ताव आएको हो', उनले बिहीबार अन्नपूर्णसँग भनिन्, 'हामी यसको गहिरो अध्ययन गरिरहेका छौं।'

एमाले महाधिवेशन, बजेटको तयारी र प्रधानमन्त्री सुशील कोइराला विदेशमा रहेका कारण निष्कर्षमा पुग्न केही समय लागेको मन्त्री ज्ञवालीले बताइन्। तर भारतीय प्रस्तावमा के छ भन्ने कुरा उनले बताउन चाहिनन्। 'यो विशुद्ध कूटनीतिक तवरबाट तय हुने कुरा हो', उनले भनिन्।

भारतमा नरेन्द्र मोदी आएपछि विकासले अर्कै गति लिन्छ भन्ने बुझाइ रहे पनि पुरानै अवधारणामा प्रस्ताव आएकाले गलत किसिमले नेपालको जलस्रोत विकास हुनेमा विज्ञको चिन्ता छ। 'मोदी आए पनि भारतीय ब्युरोक्रेसीले पुरानै अवधारणाबाट प्रस्ताव गरेकाले नेपालको अहित धेरै हुने देखिन्छ', बैठकमा सहभागी अर्का पूर्वमन्त्रीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने।

दलहरूबीच विभाजन भएको, प्रधानमन्त्री स्वदेशमा नरहेको र राजनीतिक अस्थिरता बढिरहेका बेला भारतले नेपालको कमजोरीको फाइदा उठाउँदै एकाएक यो प्रस्ताव गरेको विश्‍लेषकको दाबी छ। 'यो सीधै भुटानीकरण भयो। सुरक्षाको कोणबाट भारतले नेपालको जलस्रोतमा कब्जा गर्न खोजेको देखिन्छ', पूर्वमन्त्री ज्ञवालीले भने।

ऊर्जामन्त्री ज्ञवालीले भारतले प्रस्ताव गरेको केही दिनमै पूर्वजलस्रोतमन्त्रीहरूलाई मन्त्रालयमा बोलाएर यसबारे आफ्नो धारणा राख्न भनेकी थिइन्। मन्त्रालयले आह्वान गरेको बैठकमा पूर्वमन्त्री दीपक ज्ञवाली, लक्ष्मण घिमिरे, ठाकुरप्रसाद शर्मा, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत र हरि पाण्डे सहभागी थिए। यसमध्ये ज्ञवाली, घिमिरे र शर्माले मात्र भारतीय प्रस्तावको विरोध गरेका थिए भने अन्यले समर्थन गरेका थिए।
प्रकाशित मिति: 2014-07-18 23:20:15
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing