नेपाल समाचार

तोकिएकै समयमा संबिधानको मस्यौदा तयार हुने दाबी

संघियता राज्य पुर्नसंरचनाको विषयमा छलफल हुन बांकी
Admin / 2014-08-01 21:33:27


काठमाडौं : संविधानसभा मातहतका महत्वपूर्ण समिति संवैधानिक राजनैतिक संवाद समिति तथा संविधान मस्यौदा समितिका सभापतिहरुले संविधान निर्माणले फड्को मारेको बताएका छन्। उनीहरुले संविधान निर्माणको काम कार्यतालिका अनुसार भइरहेको भन्दै एक महिनाको अविधिमा परिणाम देखिन थाल्ने दाबी गरेका छन्।

शुक्रबार संविधानसभा भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले एक महिनाभित्रै शासकीय स्वरुप, संघीयता लगायतका मुख्य विवादित विषयमा सहमति जुट्ने बताएका छन्।

त्यस्तै शुक्रबार नै संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले पनि संविधान निर्माणले फड्को मारेको बताएका छन्। उनले संवाद समितिले सहमति गरेर पठाएको एक साता भित्रै समितिले मस्यौदा तयार गर्ने प्रष्ट पारे।

के गर्दैछ संवैधानिक राजनैतिक समिति
संवैधानिक राजनैतिक संवाद समिति संविधानका कतिपय विषयमा असहमत दलहरुका दलीय सैद्धान्तिक अडानलाई लिखित रुपमा राख्ने तर संविधान निर्माणमा व्यवधान नगर्ने गरी अगाडि बढेको छ। समितिका सभापति बाबुराम भट्टराईले शुक्रबार मुख्य विवादित विषयमा कुराकानी थालिएकाले सहमतिको वातावरण बन्दै गएको बताएका छन्।

'संविधानका कतिपय विषयमा असहमत दलहरुका दलीय सैद्धान्तिक अडानलाई लिखित रुपमा राख्ने तर संविधान निर्माणमा व्यवधान नगर्ने भन्नेमा दलहरु सहमत छन्,' भट्टराईले भने।

अघिल्लो संविधान सभाको विवाद समाधान उपसमितिले सहमति गरेर संवैधानिक समितिमा पेश गर्न बाँकी ४८ बुँदामा क्रमशः सहमति जुटाएर अनुमोदन गर्दै समिति अगाडि बढेको पनि उनले बताए। अघिल्लो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिमा विवादित २५ प्रश्न बाँकी थिए। ती २५ बुँदामा सहमति जुटाएर साउन २० भित्र समितिमा पेश गर्न सद्भावना पार्टीका सभासद् लक्ष्मणलाल कर्णको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ।

साथै समिति अन्तर्गतकै प्रारम्भिक वार्ता उपसमितिले विभिन्न सात सशस्त्र समूह तथा संविधानसभा बाहिरका दलसँग पनि छलफल गरी सहमति जुटाएकाले माघ ८ मा संविधान जारी हुने वातावरण बनेको भट्टराईले स्पष्ट पारे।

संविधानको मस्यौदा तयार हुँदै
संविधानको मस्यौदा तयार पार्ने जिम्मा पाएको संवैधानिक मस्यौदा समितिले संविधानको प्रस्तावना र परिभाषा, मौलिक हक, राज्यको निर्देशक सिद्धान्त लगायतका बिषयमा मस्यौदा तयार पारिसकेको छ। समितिले संवैधानिक अभिलेख अध्ययन तथा निर्क्यौल समितिले सहमति गरि संविधानसभामा प्रारम्भिक छलफल पछि प्राप्त बिषयमा आधारित भएर मस्यौदा तयार गरेको हो।

समिति मातहतमा दुई महिना अघि गठन भएका विभिन्न उपसमितिले मस्यौदाको खाका तयार गरि समितिमा पेश गरेका हुन्। समितिका सभापति कृष्ण सिटौलाले संवैधानिक राजनैतिक संवाद समितिमा छिट्टै सहमति हुने आफूले बुझेको उल्लेख गर्दै समयसीमा भित्रै मस्यौदा तयार हुने बताए।

'संवाद समितिमा सहमति हुनासाथ फास्ट ट्रयाकमा मस्यौदा समितिले मस्यौदा तयार पार्ने काम गर्छ,' सिटौलाले भने, 'संवाद समितिले सहमति गरेर सबै विषय पठाए सात दिनभित्र मस्यौदा तयार गर्न सकिन्छ।'

संविधान निर्माणको सवालमा विवाद हल गर्ने र मस्यौदा लेखन गर्ने मुख्य जिम्मेवारी पाएका समितिका दुवै सभापति माघ ८ को समय सिमामा संविधान जारी हुनेमा विश्वस्त देखिएका छन्।

तर महत्वपूर्ण र विगतको संविधानसभाको विघटनको प्रमुख कारकको रुपमा रहेका संघियता राज्य पुर्नसंरचना लगायतका विषयमा भने दलहरु बीच अहिलसम्म छलफल भएको छैन। 
प्रकाशित मिति: 2014-08-01 21:33:27
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing