एमाले पदाधिकारी बैठक आज पनि जारी
Admin / 2014-08-22 02:22:21
नेपाल ब्युरो– भदौ ६, काठमाडौ ।
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन एमालेको पदाधिकरी बैठक आज पनि जारी छ ।
नेकपा एमालेमा राज्य पुनःसंरचनासहित संविधानका अन्तर्वस्तुमा धारणा बनाउन छलफल सुरु भएको छ ।
पार्टी कार्यालय बल्खुमा जारी बैठकमा कांग्रेससँग भएको सहमति र राज्यपुनसंर्रचनाका विषयमा छलफल भईरहेको छ । पदाधिकारी बैठकमा सकेसम्म कम प्रदेश निर्माण गरेर जानुपर्ने धारणा आएको छ । एमाले सचिव योगेश भट्टराईले संविधानका अन्र्तवस्तुबारे छलफल हुने जानकारी दिनुभयो ।
संविधान जारी गर्ने समय नजिकिँदै जाँदा संविधानका अन्र्र्तवस्तुका विषयमा अझै स्पष्ट धारणा बनाउन एमालेसहितका राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
एकीकृत माओवादी एकल जातीय पहिचानका आधारमा प्रदेश निर्माण गर्नुपर्ने पक्षमा छ । कांग्रेस र एमाले त्यसको विपक्षमा छन् । कांग्रेस र एमालेबीच राज्य पुनःसंरचनाको विषयमा धारणा मिले पनि शासकीय स्वरुपमा एमाले र माओवादी नजिक छन् ।
प्रकाशित मिति: 2014-08-22 02:22:21
प्रतिक्रिया: